भ्यालेन्टाइन डेटिङमा के लगाउने ?

बिहिबार, २५ माघ २०७४, ०२ : ३५ प्रीति गुरुङ
भ्यालेन्टाइन डेटिङमा के लगाउने ?

हरेक वर्ष भ्यालेन्टाइन डेलाई केन्द्रित गरेर फेसन डिजाइनरहरुले विभिन्न पोसाक सार्वजनिक गर्ने गरेका छन् । डेटिङदेखि पार्टीसम्म रोमान्टिक देखाउन रंगिन रङको प्रयोग गरिएका ड्रेस बजारमा देखिन थालिसकेका छन् ।
भ्यालेन्टाइन डेलाई लक्षित गरेर प्यान्टोन कलर इन्ट्युट्युटले यसवर्षका लागि विभिन्न कलरको ट्रेन्ड सार्वजनिकसमेत गरेको छ ।

प्यान्टोन अल्ट्राभ्वाइलेट :
प्यान्टोनले यसवर्ष अल्ट्राभ्वाइलेट अर्थात् ‘पराबैजनी’ रङलाई कलर अफ द इयर घोषित गरेको छ । उसले पराबैजनीलाई उत्तेजक र विचारशील रङको रूपमा परिभाषित गरेको छ । यस रङले मौलिकता, निर्वाह र स्वाभाविक विचारमा केन्द्रित रहने दाबी इन्ट्युट्युटले गरेको छ । उत्कृष्ट लुक्सका लागि अल्ट्राभ्वाइलेटसँग पहेँलो, कालो, निलो र खरानी कलरसँग समायोजन गरेर लगाउन सकिन्छ ।  

भ्यालेन्टाइन डेको पार्टीका लागि फेसन डिजाइनरहरु विभिन्न डिजाइनका वनपिस, ट्युब, हल्टर, वन साइडेड सोल्डर तयार गरिरहेका छन् । पार्टी वेयरमा रातो, मरुन, बैजनी र गुलाबीरङले प्राथमिकता पाएको छ ।
डेटिङ जानेलाई ग्ल्यामरस देखिन विभिन्न खालका लेगिन बजारमा आएका छन् । त्यसमध्ये प्रिन्टेट लेगिन र टान्सपरेन्ट लेगिनको माग बढ्दो छ । टि–सर्टमा रातो, कालो, गुलाबी, स्काई ब्लु र प्याजी रङको प्रयोग धेरै हुने गरेको छ ।

प्यान्टोन चेरी टमाटर :
यस वर्षको कलर प्यालेट सूचीमा परेको प्यान्टोनचेरी टमाटर भ्यालेन्टाइन डेका लागि विशेष रूपमा प्रस्तुत गरिएको छ । शानदार कलरको रूपमा परिचित यसले मानिसलाई ऊर्जाशील राख्ने गर्दछ । यो आफंैमा प्रोत्साहनको प्रतीक मानिन्छ । डिजाइनरहरूकाअनुसार यो रङ पहँेलो, स्काइ ब्लू, गुलाबी र मरुनमा अझ खुल्ने गरेको छ ।

प्यान्टोन टोनी पोर्ट
यस पालिको भ्यालेन्टाइनमा प्यान्टोनटोनीपोर्ट कलर रुचिमा पर्न सक्छ । मरुनकलर हाल फेसन ट्रेन्डमा जमेको छ । सुन्दर र परिष्कृत रङमा परिभाषित यस कलर सेतो र कालो रङमा अझ स्पष्ट देखिने हुँदा डिजाइनरहरुले विभिन्न डिजाइनमा यसलाई प्रयोग गरिरहेका छन् ।

प्यान्टोन ग्रेनेडाइन :
शरद ऋतुलाई रोमान्टिक बनाउन पेनटोन ग्रेनेडाइनको महत्वपूर्ण भूमिका रहेको छ । अनार ग्रेनाडाइनको रूपमा परिभाषित यस कलर भ्यालेन्टाइन डेको प्रतीकको रूपमा स्थापित छ ।

सिडर पिंक :

हेर्दा आकर्षित देखिने सिडर पिंक भ्यालेन्टाइन डे फेसन ट्रेन्डमा पर्ने सदावहार कलर हो । यस वर्षको सुरुवातदेखि प्यान्टोन रङसँग समायोजन गरेर नोक्स्स पिंकक्वार्टजका डिजाइनहरु बजारमा छाएका छन् ।

अरोडा रेड:
अरोडा रेडलाई प्रेमको रङ भनेर परिभाषित गरिएको छ । आकर्षित कलर अन्य जुनै पनि कलरसँग समायोजन गर्न सकिन्छ । सरल, न्यानो र कामुक कलरको रूपमा यसलाई फेसन डिजाइनरहरुले प्रयोग गर्ने गरेका छन् ।

Leave A Comment