२५ सेकेन्डका लागि माफी

शुक्रबार, १८ जेठ २०७५, ०२ : ३० शुक्रवार
२५ सेकेन्डका लागि माफी

नेपालमा समयमा सार्वजनिक सवारी नपाउनु वा समयमा स्टेसन नछाड्ने विषय सामान्य हो तर जापानमा भने निर्धारित समयभन्दा २५ सेकेन्ड चाँडै रेल हिँडेपछि रेल्वे कम्पनीले यात्रीको असुविधाका लागि माफी मागेको छ ।

वेस्ट जापान रेल्वेजले एक विज्ञप्ति प्रकाशित गर्दै २५ सेकेन्ड छिटो रेल छुटेको विषयमा माफी मागेको हो । बिहान ७ बजेर १२ मिनेटमा छुट्नु पर्ने रेल ७ बजेर ११ मिनेट ३५ सेकेन्डमा हिँडेको विषयमा अन्तरिक अनुसन्धान गर्ने जनाएको छ । हयोगो प्रिफेक्चरको निशी अकाशी छुटेको रेल अर्को स्टेसन नोतोवागामा निर्धारण गरिएको समयमा पुगेको थियो ।

तर पनि रेल सञ्चालकले यो घटनालाई दण्डबिना छाड्न नसक्ने जनाएको छ । रेल निर्धारित समयभन्दा छिटो हिँडेपछि धेरै यात्री छुटेका थिए र उनीहरुले स्टेसनको एटेन्डेन्टलाई यसको बारेमा गुनासो गरेका थिए । गत वर्ष पनि राजधानी टोकियोबाट पूर्वमा पर्ने सहर तसुकुबामा निर्धारित समयभन्दा २० मिनेट छिटो रेल हिँडेपछि रेल सञ्चालकले माफी मागेको हो । 
 

Leave A Comment