कुकुर मालिकलाई गोली हानेपछि...

शुक्रबार, १८ जेठ २०७५, ०२ : ३६ शुक्रवार
कुकुर मालिकलाई गोली हानेपछि...

अमेरिमामा घरपलुवा कुकुरले आफ्नै मालिकलाई गोली हानेको छ । घरमा कुकुरसँग खेलिरहेको समयमा उनलाई गोली हानेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । सोफामा बसेका रिचार्ड रेम्मेमा कुकुरसँग आफ्नो काखमा उफ्रिनका लागि उक्साइरहेका थिए ।

सोफामा उनी रहेको समयमा कुकुरले उफ्रिदा नै बेल्टमा बोकेको ९ एमएमको पेस्तोलको सेफ्टी कक खोलेको देखिन्छ । त्यसको केहीपछि कुकुरको खुट्टा पेस्तोलको त्रिगरमा पर्न गयो  । पेस्तोलबाट प्रहार भएको गोली मालिकको गोडामा लाग्ने पुग्यो । त्यसपछि रेम्मेले आपत्कालीन सेवा ९११ मा फोन गरेर आफ्नै कुकुरले गोली हानेको बारेमा जानकारी गराएका थिए । उनको सहरको प्रहरी प्रमुखले भने यस्तो घटना कहिले पनि नसुनेको बताए ।

अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले भने, ‘कुकुरले त्रिगर सेफ्टीका साथसाथै थम सेफ्टी बटम थिच्न सफल भएको देखिन्छ र यसबाट निस्केको गोली मेरो गेडामा लाग्यो,’ उनले भने, ‘धन्न ठूलो क्षति भएन ।’ अमेरिकामा बन्दुकमाथि कडा नियन्त्रणका लागि अभियान चलाउँदै आएको समूहले भने यस विषयलाई प्रमुखताका साथ उठाउँदै अमेरिकामा मात्रै कुकुरले गोली हान्न सक्ने बताएका छन् । 
 

Leave A Comment