बिक्यो आइन्सटाइनको ज्याकेट

शनिबार, ०८ साउन २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
बिक्यो आइन्सटाइनको ज्याकेट

विश्वप्रसिद्ध लिलामी संस्था ‘क्रिस्टिज’ले प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको ज्याकेट विक्री गरेको छ । उनको ज्याकेटलाई एकजना खरिदकर्ताले १ लाख ४४ हजार डलर तिरेका छन् । क्रिस्टिजले सो ज्याकेट आइन्सटाइनले सन् १९३० को दशकको मध्यतिर किनेको उल्लेख गरेको छ । नाजीहरूबाट बच्न उनी जर्मनीबाट अमेरिका जाँदा त्यही ज्याकेटमा थिए । ज्याकेट लेभी स्ट्राउस कम्पनीको हो ।
क्रिस्टिजले उल्लेख गरेअनुसार यो ज्याकेट किनेपछि आइन्सटाइनले यसलाई छोड्दै छोडेनन् । ‘आइन्सटाइन जहिले पनि यो ज्याकेट लगाउँथे,’ क्रिस्टिजले भनेको छ, ‘उनका साथी वैज्ञानिक लियोपोल्ड इन्फेल्डले आफ्नो संस्मरणमा यो कुरा लेखेका छन् । यो छालाको ज्याकेटलाई उनले वर्षाैंसम्म लगाएका थिए ।’

Leave A Comment