फिल्म भैरेलाइ पर्याे अशुभ !

सोमबार, ११ असार २०७५, १२ : १७ शुक्रवार
फिल्म भैरेलाइ पर्याे अशुभ !

कमलादीको राइजिङ मलको पाँचांै तलामा चहल–पहल बढ्दै थियो । पहिला पत्रकारको भीड बढ्यो । केही समयमा फिल्म ‘भैरे’का स्टार कास्टहरु आउन थाले । दया हाङसँगै देखिइन् नायिका वर्षा सिवाकोटी ।

सामाजिक सञ्जालमा ब्राजिल टिमको जर्सी लगाएको पोजको तस्बिर राखेर समर्थन जनाएकी उनी कार्यक्रममा पूरै पहे‌ंलै भएर आएकी थिइन् । उनको आँखै खाने कलरले अर्की  नायिका सुरक्षा पन्त फिक्का फिक्का देखिएकी थिइन् । कार्यक्रममा सबैको नजर सिवाकोटीमाथि नै अडिएको थियो । पत्रकारको क्यामराका लाइट बल्दा हल्का मुस्कानसहित पोज दिइरहेकी थिइन् उनले ।

कार्यक्रम फिल्म प्रमोसनको शुभ होस् भनेर राखिएको थियो जहाँ ट्रेलरसमेत सार्वजनिक गरियो । रङहरुमा पहेँलोलाई त्यत्ति शुभ रङ मानिन्न । पूजाआजामा केशरी रङ त्यत्ति चल्दैन । पितृलाई खुसी पार्न भने यही रङ चाहिन्छ । कतै उनको रङको प्रभाव फिल्ममा पर्ने त हैन ?
 

Leave A Comment