अहिलेसम्म जानेको कुरा के हो भने सेक्स रोबोट सधैँ सबैका लागि उपलब्ध हुन्छ तर नयाँ निर्माण गरिएका सेक्स रोबोटले भने मूड नभएको भन्दै रतिक्रियाका लागि अस्वीकार गर्न सक्ने भएको छ । यस्ता रोबोटले अँगालो मार्नेबित्तिकै टाउको दुखेको वा अन्य कुनै कारणले सेक्स गर्ने मुड नभएको प्रतिक्रिया जनाउन सक्ने दिन अब टाढा छैन । लभ रोबोटहरुमा काम छाड्न सक्ने आविष्कार भएको छ । रोबोट सेक्सको मूडमा छैन भने पूरै बन्द पनि हुनसक्छ ।
बेलायतको एउटा विज्ञानको कार्यक्रममा गरिएको प्रदर्शनीमा ‘सेक्सरोब’ समान्थासँग ‘हुन्न’ भन्दै दर्शकलाई छक्क पारेकी छन् । यो रोबोटको छालामुनि सेन्सरहरु लुकाएर राखिएको हुन्छ । त्यसैले यसले स्नेहलाई मानिसले जस्तै अनुभूत गर्न सक्छ । यसले इलेक्ट्रोनिक ब्रेनमा क्रान्ति ल्याउने केहीको आकलन छ ।
सामन्थाको वक्षस्थल र शरीरका अन्य भाग तथा जेनिफर लोपेजको प्रारुपमा निर्माण गरिएको छ । बिरालोका छाउराजस्तो चल्मलाउने र मायाका बारेमा कानेखुसी गर्ने गरी यसलाई डिजाइन गरिएको छ ।
रोबोटको प्लास्टिकको खप्परभित्र राखिएको माइक्रो कम्प्युटरले उसको मालिकको पुरानो अन्तक्र्रियाको स्मरण गराउन खारिएको छ । यसलाई भविष्यमा झनै सुधार्न सकिने बताइएको छ । यसमा आफ्नो परिस्थितअनुसार ‘फेमिली’, ‘रोमान्टिक’ र ‘सेक्स’को स्विच गर्न सक्छन् र यसमा भित्र आफ्नो साँझको मनस्थितअनुसार ‘एक्स्ट्रा नटी’ पनि बनाउन सकिन्छ । तर यसलाई किन्नेले भावशून्य यौनदासको रुपमा व्यवहार गरे भने यसको प्रोग्राम ‘डमी’मा पुग्ने र यो उनीहरुको ध्यानाकर्षणबाट बोर हुनेछ ।
यसका मालिकको आक्रामक वा अनमानपूर्ण छुवाइ पनि पत्ता लगाउने सेन्सर जोडिएको छ । जसले यसलाई एउटा प्लास्टिकको मूर्तिमा परिणत गरिदिन्छ । यो प्रोटोटाइपबाट आउने प्रतिक्रियाका आधारमा चाँडै आम उत्पादनमा जाने छ । यसको मूल्य ३ हजार ६ सय अमेरिकी डलर तोकिएको छ ।
Leave A Comment