भाइब्रेट हुने अन्डरवेयर

सोमबार, ११ असार २०७५, १२ : ५० शुक्रवार
भाइब्रेट हुने अन्डरवेयर

महिलाको अन्तर्वस्त्र उत्पादन गर्ने कम्पनीले महिलाहरुलाई विश्वकप फुटबलप्रति आकर्षित गर्नका लागि अनौठो वस्त्र निकालेको छ । मेक्सिकोको अन्तर्वस्त्र कम्पनीमा भिक्की फर्मले विश्वकपमा फुटबलरले गोल हान्दा भाइब्रेट हुने अन्तर्वस्त्र निकालेको हो । 

विश्वकपको ठीकअघि सार्वजनिक गरिएको यो यस वस्त्रले बिहीबारदेखि सुरु भएको विश्वकपमा आफ्नो कमाल देखाउन थालेको छ । यसको विज्ञापनको सुरुवातमा दर्शकलाई फुटबलका कारण चालीस लाख दम्पति प्रत्येक पटक छुट्टै बस्ने गरेको जानकारीबाट सुरु हुन्छ । 

विज्ञापनमा एक पुरुष र महिलामा उनीको सम्बन्धमा फुटबल समस्या भएको भन्दै छलफल गरेको देखिन्छ । टिभी खोलेपछि महिलाले आफ्न पार्टनरलाई सिकको रुपमा प्रस्तुत गर्छे तर त्यसपछि विज्ञापनमा म्याचलाई महिला र पुरुष दुवैलाई रोमाञ्चक बनाउन भिक्की फर्मले अन्तर्वस्त्र ल्याएको बताउँछ ।

त्यो पोसाक लगाएपछि दुवैलाई खेलप्रति बराबर रोमाञ्चक बनाउने जानकारी गराइन्छ । यस्तो वस्त्रले परिस्थितिको मूल्याङ्कन गरेर रियल टाइममा यस्तो अन्तर्वस्त्रमा भाइब्रेट हुने व्यवस्था मिलाइएको हुन्छ । जसले परिस्थितिअनुसार महिलालाई उत्तेजित वा शान्त बनाउँछ । यो वस्त्र र यसको विज्ञापनको विषयमा सामाजिक सञ्जालमा भने फरक फरक धारणा आएका छन् । 
 

Leave A Comment