‘मनी माइन्डेड’ अनमोल

बिहिबार, १४ असार २०७५, ०५ : ०० शुक्रवार
‘मनी माइन्डेड’ अनमोल

अनमोल केसी अभिनयभन्दा पैसाका कारण बढी चर्चामा आउँछन् । कहिले नेपाली फिल्मको पुरै बजेट जत्तिको उनको पारिश्रमिक हुन्छ त कहिले उनी अभिनित ठिकठिकै फिल्मले बबालै कमायो भन्दै चर्चामा आउँछन् । जति फाइँफुट्टी लगाए पनि आखिरमा खुट्टी देखेर चाल पाइहालिन्छ फन्डा र यथार्थ ।

अहिले फेरि अनमोल चर्चामा आए । विषय उही पैसा नै हो । यसपालि उनी महँगो पारिश्रमिकका कारण चर्चामा आएका हैनन्, पैसा नै नलिई काम गर्ने घोषणाका कारण चर्चामा आएका हुन् ।

उनी ‘अनमोल इभ’ नामक कार्यक्रममा सहभागी हुँदैछन् । केसीको दाबीअनुसार उनी यसमा बिनापैसा अनुबन्ध भएका हुन् । उनले यस कार्यक्रमलाई आफू ‘मनी माइन्डेड’ नभएको पुष्टि गर्ने अवसरका रुपमा समेत उपयोग गर्ने प्रयास गरे ।

‘यदि म पैसाको पछाडि लागेकोे भए भटाभट फिल्म गर्थेँ होला, अफर नआएको त थिएन नि !’ उनको स्पष्टोक्ति थियो । 

उनले अफर आएको फिल्म छाडेको भन्ने दाबी गसिप हो या सत्य शंकाकै घेरामा छ किनभने उनी आफैंले वर्षको एउटा मात्रै फिल्म गर्छु भनेकै हुन् । अहिले भने एकैपटक धेरै फिल्ममा सहभागी भइरहेका छन् । उनको ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’, ‘कृ’को सिक्वेल पाइपलाइनमा छन् । उनी एक बलिउड फिल्ममा समेत अनुबन्ध भएको बजार हल्ला छ । उनले जे जस्ता तर्क गरे पनि ‘मनी माइन्डेड’ छवि भने अझै काट्न सकेका छैनन् ।
 

Leave A Comment