रौतहटमा प्रहरी अपराधीविच क्रस फायर, एक घाइते, एसएमजी भेटियो

बिहिबार, १४ असार २०७५, १० : ५८ शुक्रवार
रौतहटमा प्रहरी अपराधीविच क्रस फायर, एक घाइते, एसएमजी भेटियो

रौतहटको राजदेवी नगरपालिकामा प्रहरी र एक समूहविच गोली हानाहान हुँदा एक जना गम्भिर घाइते भएका छन् । माेटरसाइकलमा अाएकाे समूह र प्रहरीविच गाेली हानाहान भएकाे हाे । तीन जनामध्ये एक जना घाइते भए भने २ जना भागेका छन् । घाइतेको साथबाट प्रहरीले सर्ट मेसिन गन फेला पारेको छ ।

नगरपालिकाको वडा नम्बर ४ मा बागमती बाँधको किनारमा मोटरसाइकलमा आएको समूह र रौतहटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीविच गोली हानाहान भएको हो ।  स्रोतका अनुसार अबैध हतियार लिएर एक समूह आउनसक्ने सूचनाको आधारमा प्रहरी टोली सो स्थानमा पुगेको थियो ।

मोटरसाइकललाई रोक्न खोज्नेक्रममा गोली चलेपछि प्रहरीको तर्फबाट जवाफी फायर भएको प्रहरीको दावी छ । तीन जनामध्ये एक जना ढाड र खुट्टामा गोली लागेर घटनास्थलमा फेला परे पनि अन्य २ जना भने मोटरसाइकलमा भागेका छन् । एसएसपी तारिणीप्रसाद लम्सालले रौतहटमा खटिएको सोही टोलीसँग अबैध हतियार लिएर हिडेको समूहको जम्काभेटहुँदा गोली चलेको बताए । लम्सालले घटनास्थलमा एसएमजी फेला परेको र एक जना घाइते भएको पुष्टी गरे । 

तस्बिर : सा‌ंक‍‍ेतिक
 

Leave A Comment