आर्यनको चोर दाउ

आइतबार, १७ असार २०७५, ०५ : ५९ शुक्रवार
आर्यनको चोर दाउ

अर्काको सिर्जना सोध्दै नसोधी फिल्ममा दुरुस्त राख्नु नेपालीहरूको आदत नै भइसकेको छ । केकी अधिकारीले बनाएको ‘कोहलपुर एक्सप्रेस’ यसको ताजा उदाहरण हो । उनले हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’लाई हल्का परिवर्तन गरेर फिल्म बनाएकी थिइन् । 

नियालेर हेर्ने हो भने ९० प्रतिशत नेपाली फिल्म यसैगरी कहीँ न कहीँबाट उठाइएका छन् । यता आर्यन सिग्देलले भने आफ्नो फिल्म ‘कायरा’मा चर्चित लेखक सुबिन भट्टराईकोे फेसबुक स्टाटस बिनाअनुमति प्रयोग गरेपछि विवादमा परेका छन् ।

 ‘कायरा’को ट्रेलर रिलिज भएको केही समयमै आफूले सन् २०१७ को अप्रिल १९ का दिन राखेको फेसबुक स्टाटस दुरुस्त राखिएको पाएपछि फेसबुकमै सप्रमाण असन्तुष्टि पोखे । नभन्दै सुबिनको स्टाटस आर्यनले आफैँ एक शब्द तलमाथि नगरी बोलेका छन् । उद्योगका लागि खासै योगदान नगरेका र रहरले आएका सर्जकले यस्तो गर्दा, आँखा चिम्लन पनि सकिन्थ्यो तर आर्यनले अर्काको स्टाटस हुबहु नक्कल गर्नु दुःखको कुरा हो ।

 फिल्म बनाउन डेढ दुई करोड खर्चने अनि दुई लाइनको संवाद भने अर्काको स्टाटसबाट उडाउने ? दरिद्रताको पनि हद हुन्छ नि यार !
 

Leave A Comment