अरु सपार्ने, बाउ बिगार्ने

शुक्रबार, २२ असार २०७५, ०४ : २६ शुक्रवार
अरु सपार्ने, बाउ बिगार्ने

बाल कलाकार हुँदै अभिनयमा प्रवेश गरेका सलोन बस्नेत निर्माता निर्देशकका रोज्जा कलाकार हुन् । उनलाई खेलाउन पाए, फिल्म बलियो हुने उनीहरूकोे विश्वास छ । तर सलोन पनि यो अपेक्षामा खरो उत्रने गरेका छन् । उनको फिल्ममा अरु जो सुकै कलाकार होस्, रिलिजपछि चर्चा उनकै हुन्छ । डेब्यु फिल्म ‘होस्टल’देखि पछिल्लो समयको हिट फिल्म ‘ए मेरो हजुर २’सम्म यही नियति छ । सलोन आज जहाँ छन्, अरुले बनाएका÷ निर्देशन गरेका फिल्मकै कारण चर्चामा छन् ।

दुःखको कुरा के छ भने, सलोनलाई लिएर उनका निर्देशक बुबाले पनि फिल्म बनाउने गरेका छन् तर अरुका फिल्मले बनाएको छवि भने उनकै बुबाका कारण बिग्रने गरेको छ ।

शोभित बस्नेतले छोरालाई मुख्य भूमिकामा लिएर यसअघि ‘एउटा साथी’ निर्माण गरेका थिए । रिलिजपछि बाउले छोराका लागि यस्तो झूर फिल्म बनाएको भन्दै खप्की खानु प¥यो । अहिले शोभित आफैं निर्देशकको अभिभारा लिएर ‘बाबु कान्छा’ नामको फिल्म लिएर आएका छन् । यसका गीत तथा ट्रेलर हेरेर धेरैले यसले पनि ‘एउटा साथी’कै नियति भोग्ने अनुमान गरिरहेका छन् । यो फिल्म पनि चलेन भने शोभित माथिको आरोप प्रमाणित हुनेछ । अरु सपार्ने अनि बाउ बिगार्ने !
 

Leave A Comment