लिपस्टिकले ल्याउन सक्छ मानसिक समस्या

आइतबार, ०९ साउन २०७३, ११ : ०७ शुक्रवार , Kathmandu
लिपस्टिकले ल्याउन सक्छ मानसिक समस्या

महिलाको शृंगारमा लिपस्टिकले अहम् भूमिका निर्वाह गर्छ । तर, यही शृंगार सामग्री महिलाका लागि जोखिमपूर्ण हुन सक्ने एक अध्ययनको निष्कर्ष छ । अध्ययनअनुसार लिपस्टिकले महिलालाई मानसिक रोगी बनाउन सक्छ । यसको प्रयोगले दिमागमा असर गर्न सक्छ ।
अधिकांश लिपस्टिकमा सिसा हुन्छ । सिसाको थोरै मात्राले व्यक्तिको दिमाग र व्यवहारलाई प्रभावित गर्न सक्छ । उसको सिक्ने क्षमतामा बाधा पु¥याउन सक्छ । एक अमेरिकी म्यागजिनद्वारा गराइएको अध्ययनमा २२ वटा लिपस्टिक ब्रान्डलाई सामेल गरिएको थियो । तीमध्ये आधाभन्दा बढीमा विषालु तŒव भएको पाइएको थियो । अन्डरराइटर्स प्रयोगशालामा गरिएको जाँचमा १२ वटा लिपस्टिक उत्पादनमा सिसा पाइएको थियो । तिनमा सिसाको मात्रा उच्च थियो ।
बोस्टन सिसा विषाक्तता रोकथाम कार्यक्रमका चिकित्सकहरूले सिसाको सम्पर्कमा आउँदा स्वास्थ्यसम्बन्धी गम्भीर खतरा पैदा हुने चेतावनी दिएका छन् । उनीहरूले लिपस्टिकका कारण महिलाको मानसिक स्वास्थ्यमा प्रभाव पर्न सक्ने खतराबारे सचेत गराएका छन् ।

Leave A Comment