नाच्दा जेल

बुधबार, ०२ साउन २०७५, ०५ : १९ शुक्रवार
नाच्दा जेल

इरानमा सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो हाल्ने दर्जनाै मानिस पक्राउ परेका छन् । जसमा आफूले नाच्दै गरेको भिडियो हाल्ने युवती पनि छिन् । अभियन्ताहरुका अनुसार इन्स्टाग्राममा निकै लोकप्रिय रहेकी मइदेह होजाब्रीसहित अन्य प्रयोगकर्ताहरु भएको बताइएको छ । अन्यको पहिचान भने खुल्न सकेको छैन । 

६ लाखभन्दा बढी फलोअर्स भएको उनको एकाउन्ट अहिले निलम्बनमा छ । होजाब्रीसहितका पक्राउ परेका व्यक्तिलाई सरकारी टेलिभिजनमा देखाइएको छ । जसमा उनीहरुले आफूले गरेको अपराध कबुल गरेका छन् । तर अधिकार कर्मीहरुले इरानी अधिकारीहरुले गरेको अपराध वकल्न बाध्य पारेको दाबी गरेका छन् । 

टेलिभिजनमा प्रसारित ब्लर गरिएको भिडियोमा भिडियो उत्पादन गर्नुको उद्देश्य रुँदै र काम्दै बताएकी छिन् । ‘कसैलाई आकर्षित गराउनका लागि बनाएको होइन,’ उनले भनेकी छिन्, ‘मेरा केही फलोअर्सहरु रहेका छन् र उनीहरुका लागि यो भिडियो तयार पारेको हो र अरुलाई पनि यस्तै गर भन्ने मेरो उद्देश्य होइन र मैले टिमसँग काम गरेको छैन ।’ कुनै तालिम लिएको पनि छैन । म त जिम्न्यास्टिक मात्रै गर्छु उनले भनिन् । ती युवतीको बारेमा थोरै मात्र जानकारी छ । उनी पक्राउ परेपछि यो भिडियो उनलाई फलो गर्नेभन्दा बाहिरका सयौं मानिसले सेयर गरेका छन् । 

सो भिडियोमा उनी आफ्नो बेड रुममा पश्चिममा पप तथा ¥याप गीतमा नाच्दै गरेकी छिन् । उनले हिजाबसमेत लगाएकी छैनन् । इरानमा सार्वजनिक हुन महिलाले हिजाब लगाउनु बाध्यकारी रहेको छ । 
 

Leave A Comment