योनिभित्र लागू औषध

बुधबार, ०२ साउन २०७५, ०५ : २१ शुक्रवार
योनिभित्र लागू औषध

अमेरिकी प्रहरीले लागू औषध ओसार–पसारको आरोपमा अभियोग लगाएको छ । ती महिलाले योनिभित्र लागूऔषध लुकाएको प्रहरीले भेटेको हो । २० वर्षीया डेसिरी बेवस्टरले योनिभित्र ८२ ग्राम लागू औषध लुकाएकी थिइन् । प्रहरीले मोटर हाँक्दै गर्दा पक्राउ गरेको थियो ।

प्रहरीले उनको साथमा लागू औषध तस्करीमा कारबास भोगी सकेको जराल म्याककुलम पनि साथ रहेका थिए । अधिकारीहरुले म्याककुलमले हेरोइन, कोकिन, जाँगा, मेथ र अन्य लागू औषध बेचेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई कारबाट बाहिर निकालेको थियो । 

प्रहरीको कुकुरले ड्राइभरको सिटमा बढी खोज्न थालेपछि वेबस्टरमाथि शंका भएको प्रहरीले जनाएको छ । 
वेस्टको स्ट्रिप सर्च गर्दा उनको योनिभित्र केही कुरा लुकाएको देखिएको थियो । त्यसपछि उनको अस्पतालमा सिटीस्क्यान गरिएको थियो । मानिसको हत्केला जस्तो प्लास्टिक ब्याग भेटिएको थियो । त्यसमा कोकिन, हेरोइन, मेथसहित विभिन्न लागू औषध भेटिएको थियो । 

प्रहरीले तस्करहरु लागूऔषध लुकाउने ठाउँको विषयमा सिर्जनशील हुँदै गएको बताएका छन् । प्रहरीले केही गरी सो लागूऔषध वेबस्टरको योनिभित्र फुटेको भए उनको मृत्यु समेत हुने सम्भावना रहेको जनाएको छ । उनीविरुद्ध प्रहरीले ८ प्रकारको मुद्दा चलाएको छ । 
 

Leave A Comment