जिउँदो प्रमाणित

बुधबार, ०२ साउन २०७५, ०५ : २३ शुक्रवार
जिउँदो प्रमाणित

रोमानियामा एक मानिसले आफूलाई जिउँदै भएको प्रमाणित गर्न सफल भएका छन् । लामो समयसम्म पनि केही जानकारी नपाएपछि परिवारका सदस्यले ती व्यक्ति मरेको भन्दै प्रमाणपत्र निकालेका थिए । टर्कीमा कुकको रुपमा काम गर्दै आएका कोस्टान्टिन रेलियका बारेमा परिवारका सदस्यले डेढ दशकभन्दा बढी समयसम्म कुनै सूचना प्राप्त गर्न नसकेपछि उनको मृत्यु भएको भन्दै प्रमाणपत्र निकालेको थिए ।

प्रमाणपत्र निकालेको केही समयपछि गैरकानुनी रुपमा बसेको भन्दै टर्की सरकारले उनलाई रोमानिया डिपोर्ट गरेको थियो । मरिसकेको व्यक्ति आएको भन्दै रोमानियाभित्र छिर्नै उनलाई लामो संघर्ष गर्नु परेको थियो । जसोतसो देशभित्र बस्न पाए पनि अदालतले ती व्यक्तिलाई मृत्युको प्रमाणपत्र रद्द गर्न मागेको थियो । तर लामो कानुनी प्रक्रियापछि अदालतमा सो प्रमाणपत्र रद्द गर्न उनी जिउँदै बने ।

अदालतमा दाबी गर्ने समयभन्दा ढिलो आएको भन्दै अदालतले मृत्युको प्रमाणपत्र रद्द गर्न मानेको थिएन । घर आउँदा पत्नीको बिहेइतर सम्बन्ध राखेको थाहा पाएपछि उनी टर्कीमा लुकेर बसेका थिए । त्यसपछि सन् २०१६ जनवरीमा पत्नीले अदालतमा उनको मृत्यु भएको प्रमाणपत्र निकालेर सम्पत्ति आफ्नो नाममा गराएकी थिइन् । 
 

Leave A Comment