भारतीयलाई पछार्न...

बिहिबार, २४ साउन २०७५, ०३ : ५४ शुक्रवार
भारतीयलाई पछार्न...

६४ वर्षका येन पत्कोभलाई गएको मंगलबार जिन्दगीबाट झ्वाँक चल्यो । जीवनभर अरुलाई पौडी सिकाएका उनले आफ्नो जीवन त्यत्तिकै खेर जाने भयो भन्ने लागेपछि केही उधुम गरौँ भन्ने सोचे । त्यसपछि उनले पौडीमाथि नै केही प्रयोग गरे ।

जीवनभर अरुलाई पौडन सिकाएका उनले एक दिन अखबारमा एक जना भारतीयले हातगोडा बाँधेर लामो समयसम्म पौडिएको पढे । यसपछि उनले ती भारतीयभन्दा बढी समयसम्म किन नपौडने भन्ने हठ गर्न थाले । त्यही हठका कारण उनी यतिबेला संसारभरि चिनिएका छन् ।

उनले कीर्ति राख्नका लागि आफूलाई बोरामा बाँध्न लगाए । त्योभन्दा अघि आफ्नो हात र गोडामा हतकडी पनि लगाए । यसपछि हलचल गर्नै नसक्ने गरी बोरामा गुम्सिएर बसे । 

यसपछि पत्कोभले गिनिज बुक वल्र्ड रेकर्ड्सबाट आएकाहरुलाई भने, ‘लु, अब म पौडन तयार छु, तपाईंहरु कीर्तिमानका लागि तयार हुनुहोस् ।’

यसपछि बुल्गेरियाका पेत्कोभले ३ हजार ३ सय ८० किमि टाढासम्म पौडिए । मेसेडोनियाको लेक ओरिडमा यति लामो पौडी खेलेपछि उनले भारतीय माझी गोपाल काब्रीले बनाएको कीर्तिमान भंग गर्न सफल भएका थिए ।

त्यसो त यसअघि भारतीय माझी गोपालले ३ हजार ७१ किमि टाढासम्म पौडन सफल भएका थिए । तर उनले पेत्कोभले जस्तो बोराभित्र छिरेर पौडिएका भने थिएनन् ।

यसअघि पनि पेत्कोभले सन् २०१३ मा २ हजार ३० किमि पौडिएर कीर्तिमान बनाएका थिए । यसलगत्तै गोपालले उसरी नै पौडिएर उनको कीर्तिमान भङ्ग गरिदिएका थिए । यसैको झ्वाँकमा पेत्कोभले नयाँ किसिमको कीर्तिमान बनाएका हुन् ।
 

Leave A Comment