रानीका हाँस

बिहिबार, २४ साउन २०७५, ०३ : ५८ शुक्रवार
रानीका हाँस

नेपालमा रानीको गहना हराएको र त्यो खोज्न गहना पोखरीमा मेला लाग्ने किंवदन्ती त सुनेकै हो । यस्तै भोटोजात्रा वा इन्द्रजात्रामा एउटा गरिब किसानले उपहारमा पाएको भोटो फेला पारेपछि प्रदर्शन गरिने कुरा पनि हरेक वर्ष सुन्दै आएको हो ।

यस्तो किंवदन्ती नेपालमा मात्र होइन, बेलायतमा पनि छ । आठ सय वर्षअघिदेखि त्यहाँ रानीको हाँस खोज्ने मेला लाग्ने गरेको छ । गएको मंगलबारदेखि सुरु भएको रानीको हाँस खोज्ने मेला एक सातासम्म चल्नेछ ।
पछिल्लो समयमा भने यो जात्राले नयाँ अर्थ पाउन थालेको छ । सोमबार बेलायती महारानी एलिजाबेथले उद्घाटन गरेको यो ‘स्वान अपिङ’लाई बेलायती बुद्धिजीवीहरुले जङ्गली जनावरको रक्षाको चाड बन्नुपर्ने बताउन थालेका छन् ।

जात्रामा हाँसको रेखदेख गर्न तीन वटा टोली खटाइन्छ । ती तीन टोलीमध्ये एउटा टोली रानीको हुन्छ, अन्य दुई टोली भने व्यापारीको । व्यापारीको टोलीलाई भिन्टर र डायर भनिन्छ । तिनले दक्षिणी इंग्ल्यान्डको थेम्स नदीको किनारै किनार यी पाँच दिनमा रानीका हराएका हाँस खोज्छन् । फेला परेका हाँसलाई ट्याग लगाइन्छ र तिनलाई पुनः छाडिन्छ । यसरी गनिएका हाँसहरु एलिजाबेथ रानीले छाडेको भन्दा थोरै छ कि बढी छ भनी गनिन्छ ।

१२ औँ शताब्दीताका यस्ता हाँस गन्ने र राजकीय भोजमा प्रयोग गर्ने गरिन्थ्यो ।

रानीको हाँस गन्ती गर्नेमध्येका एक डेभिड बार्बर भन्छन्, ‘यस किसिमका राजहंश कानुनले रक्षित गरिएका हुनाले बेलायतीहरु राजहंश खाँदैनन् । त्यसैले यिनको संख्या तुलनात्मक रुपमा घटेको थाहा छैन ।’ यसपाला १३२ वटा राजहंश फेला पारिएको उनले बताए ।

यो चाडमा बेलायतभरिका विद्यालयलाई निमन्त्रण गरिन्छ र हाँस मेलामा गन्ती र अवलोकन गर्न सहभागी गराइन्छ ।
 

Leave A Comment