केकीलाई ‘दोस्रो दर्जा’को दनक

बिहिबार, २१ भदौ २०७५, ०५ : ३७ शुक्रवार
केकीलाई ‘दोस्रो दर्जा’को दनक

केकी अधिकारी महिला अधिकारबारे निक्कै सचेत देखिन्छिन् । छापा माध्यममा यो पाटोमा कलम चलाउन समेत उनी रुचिउँछिन् तर अहिले उनी आफैं महिला अधिकारको पक्षमा सामाजिक सञ्जालमा चर्को बहसमा सक्रिय ‘दोस्रो दर्जा’ समूहको निशानामा परिन् ।

यसको कारण, उनले अभिनय गरेको एक बैंकको विज्ञापन हो जसको नारा छ– ‘सोच बदलौं’ । सोच बदल्ने सन्देश दिने दृश्यांकमा दयाहाङ राईसँग देखिएकी उनले कार्यालय जान लागेका श्रीमान्लाई टाइ लगाइदिन्छिन्, ब्यागमा ल्यापटप मिलाइदिन्छिन् । महिला अधिकारको पक्षमा वकालत गर्न सक्रिय समूहलाई यो दृश्य पचेन र उनीमाथि निरन्तर आक्रमण सुरु भयो ।

आक्रमणको प्रारम्भ गरेकी थिइन्, सावित्री गौतमले । उनको हाँ मा हाँ मिलाउँदै अरु दोस्रो दर्जा समूहका सदस्य पनि सक्रिय भइहाले । अधिकारी एक्ली भने भइनन् सञ्जालमा । उनको पक्षमा पनि उत्तिकै उत्रिए तर अधिकारीको महिला अधिकारको पक्षधरताको छवि भने कोतर्नुसम्म महिला अधिकारवादीहरुले नै कोतरे ।
 

Leave A Comment