५० लाख राशिको लिग

शुक्रबार, ०५ असोज २०७५, ०६ : ५८ शुक्रवार
५० लाख राशिको लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ क्लबलाई सहभागी गराउँदै ५० लाख राशिको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । रेलिगेसनविनाको लिग गर्न लागेकोमा आलोचित बनेको एन्फाले असोज १३ बाट काठमाडौंमा लिग सुरु गर्ने भएको हो । 


लिगमा सहभागी सबै टिमलाई आर्थिक रुपमा सहयोग पुगोस् भनेर हरेक खेल जित्ने टोलीलाई ५० हजार पुरस्कार राखिएको लिग सञ्चालन समितिका संयोजक विज्ञानराज शर्माले जानकारी दिए । खेलमा मिलेमतो हुन नदिन छुट्टै ‘इन्टिग्रिटी’ विभाग बनाएर निगरानी राख्ने तयारी गरिएको छ । मैदानमा सीसी क्यामेरासमेत राख्ने तयारी गरिएको छ । 


गिलको कुल बजेट पाँच करोड ८० लाख रुपैयाँ रहेको छ । विजेता टोलीलाई ५० लाख, उपविजेतालाई ३५ लाख र तेस्रो हुने टोलीलाई २५ लाख रुपैयाँ पुरस्कार राखिएको लिगमा चौथो, पाँचौं र छैटौं हुने टोलीलाई १५,  ७ लाख र ५ लाख पुरस्कार राखिएको छ । 


लिगमा अनुशासित टिम, म्यान अफ दी म्याच, सर्वोत्कृष्ट स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई समेत पुरस्कार राखिएको छ । उनीहरुले मोटरसाइकल पुरस्कार पाउने छन् । लिगको विजेता टोली सन् २०१९ मा हुने एएफसी एसिएन कप प्रतियोगिताका लागि छनोटसमेत हुनेछ । लिग तयारीका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय एन्फाले गरेको छ । लिग ३ महिनासम्म चल्नेछ ।
 

Leave A Comment