माखेसाङ्लोको कीर्तिमान

बुधबार, १९ मङि्सर २०७५, ०२ : २९ शुक्रवार
माखेसाङ्लोको कीर्तिमान

सन् २०१८ बित्नै लाग्दा संसारभरिका मानिसहरुलाई थरिथरिका कीर्तिमान बनाउने जङ् चलेको छ ।
हालै चिसोले कठ्यांग्रिदो जाडोमा क्यानडाका युवालाई मानवसाङ्लो बनाउने ठूलो रहर चल्यो । त्यसपछि भेला भए ३९५ जना स्केटहरु, जो नजिकैको जमेको तलाउमा स्केटिङको माखेसाङ्लो बनाएर कीर्तिमान कायम राख्न जुर्मुराए ।

‘चेन फर चेन्ज’ अर्थात् परिवर्तनका लागि साङ्लो नाममा क्यान्सरपीडितहरुका लागि यो कार्यक्रम आयोजना गरिएको थियो र सँगैमा विश्व कीर्तिमान पनि जोडिन पुग्यो ।

क्यानडाको रेड रिभर म्युचुअल ट्रेलमा यो साङ्लो बनाइएको समाचारमा जनाइएको छ । गिनिजले अहिलेसम्मकै सबैभन्दा लामो आइस स्केटको माखेसाङ्लो घोषणासमेत गरिसकेको छ ।
यस कार्यक्रमबाट क्यान्सरपीडितका लागि १ लाख १० हजार डलरसमेत उठाइएको छ ।

हुन त यो कीर्तिमान गएको फेब्रुअरीमा बनाइएको थियो, गिनिज बुकमा नाम राख्न र प्रमाणित गर्न यत्तिका समय लागेको समाचारमा जनाइएको छ ।
 

Leave A Comment