कार डान्सको कीर्तिमान

बुधबार, १९ मङि्सर २०७५, ०२ : ३३ शुक्रवार
कार डान्सको कीर्तिमान

चिल आकारमा गाडीको नृत्य प्रस्तुत गरेको भन्दै गिनिज बुकले कीर्तिमान घोषणा गरेको छ । एक साथ एक सय ८० वटा निजी गाडी एकै ठाउँमा भेला पारी गाडी नृत्य प्रस्तुत गरिएको थियो ।

दुबईमा भएको यो कीर्तिमानमा निसान कम्पनीको पेट्रोल फाल्कन गाडीलाई दुबई रग्बी स्टेडियममा भेला पारी चिलको आकारमा गाडी नृत्य प्रस्तुत गरिएको थियो । जिम्बाबेका रेसिङ कार ड्राइभर एक्सिल जेफ्रिसमा यो नृत्य सम्पन्न भएको गिनिज बुकले जनाएको छ ।

दुई लाइनमा राखेर गाडीहरुलाई सुस्त गतिमा चलाइएको थियो । दुई लाइनमा एकअर्काको विपरीत चलाइएको यो नृत्यले उडिरहेको चिलको झल्को दिएको थियो ।
 

Leave A Comment