पहिलो चिठ्ठा नै ज्याकपट

बुधबार, १९ मङि्सर २०७५, ०२ : ३६ शुक्रवार
पहिलो चिठ्ठा नै ज्याकपट

दह्रो भाग्य भएपछि कसको के लाग्छ र ! अमेरिकाको मेरिल्यान्डस्थित एक जना हजुरआमा मर्ने बेलामा अकुत सम्पत्तिको मालिक्नी भएकी छन् ।

७७ वर्षीया अबिर्डन नामक महिलाको नाम हिजोआज ‘भाग्यमानी हजुरआमा’ नै रहन गएको छ ।
त्यसो त जीवनभर उनले मेरिल्यान्डको चिठ्ठामा भाग लिइरहेकी थिइन् । उनले त्यसमा कहिल्यै चिठ्ठा पार्न सकिनन् तर यस पटक भने उनले घोडाको दौडमा चिठ्ठा काटेकी थिइन् । उनले सो चिठ्ठा दुई डलरमा किनेकी थिइन् । 

‘अन्य–अन्य चिठ्ठामा मैले कयौँ पटक चिट काटेकी छु,’ भाग्यमानी हजुरआमाले प्रतिक्रियामा भनेकी छन्, ‘तर त्यसमा कहिल्यै चिठ्ठा परेन । मेरा साथीहरु भने घोडा दौडका प्रशंसक थिए र कयौँ पटक त्यसमा बाजी थापेर प्रशस्त कमाएका पनि थिए तर मैले भने कहिल्यै चासो दिएकी थिइनँ ।’

यस पटक भने उनलाई के जंग चल्यो कुन्नी, हतारहतार टिकट काटिन् । टिकट नम्बर ३–७–९–४ छानिन् । यसपछि घोडादौडमा एक टक आँखा लगाइन् । यो टिकटबाट ती हजुरआमाले १०,४१० डलर पुरस्कार हात पारेकी छन् ।

‘पुरस्कार पाइयो भनेर म त छक्कै परेँ,’ उनले भनिन्, ‘मैले जितुँली भन्ने कल्पेकी पनि थिइनँ ।’
त्यसो त पैसाको उति धेरै कंगाली नभएकाले यो रकम आफ्ना सन्तानलाई विविध किसिमको उपहार किन्न खर्च गर्ने उनले बताएकी छन् ।
 

Leave A Comment