पूर्व सौतेनी आमासँग बिहे, बाबु जन्त गए

शुक्रबार, २१ मङि्सर २०७५, ०४ : १५ शुक्रवार
पूर्व सौतेनी आमासँग बिहे, बाबु जन्त गए

यो घटना सन् २०१४ को हो । लामो समयसम्म चलेको कानुनी विवादपछि फ्रान्समा एक जना व्यक्तिले आफ्नी सौतेनी आमासँग बिहे गरेका छन् ।

फ्रान्सको मेट्ज सहरको उत्तर–पूर्वी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी पूर्व सौतेनी आमा ४८ वर्षीया एलिजाबेथ लरेत्जसँग बिहे गरेका हुन् ।

बिहेमा दर्जनौँ पाहुना निम्त्याइएका थिए र जन्त जानेमध्येमा दुलहीका पूर्वपति अर्थात् दुलाहाका बाबुसमेत सहभागी थिए ।

फ्रान्सको कानुनले सौतेनी सन्तान र सौतेनी आमाबाबुका कुनै पनि किसिमको विवाह गर्ने स्वीकृति दिएको छैन तर अदालतले भने यो जोडीलाई बिहे गर्ने स्वीकृति दिएको छ ।
यस जोडीका बारेमा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्राँसुवा ओलन्दको कार्यालयले समेत चासो प्रकट गरेको थियो ।

स्थानीय अदालतले बिहेको पक्षमा निर्णय सुनाएपछि दुलही लरेत्जले भनिन्, ‘यो हाम्रालागि सबैभन्दा महत्वपूर्ण दिन हो ।’

एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै उनले भनिन्, ‘मजस्तै अवस्थाबाट गुज्रिने कयौँ जोडीका लागि यो निर्णयले राहत दिनेछ । मलाई थाहा छ, मजस्तै अवस्था भोग्ने यहाँ कयौँ छन् ।’
उनका पूर्वपति तथा हालका ससुराले यो कानुनी लडाइँमा सधैँ साथ दिएको समेत जानकारी गराएकी छन् ।
 

Leave A Comment