आनाकाे नखरा !

शुक्रबार, १३ पुष २०७५, ०३ : ५५ शुक्रवार
आनाकाे नखरा !

आना शर्माले जम्मा दुईओटा फिल्म खेलिन् । एउटा भुवन पुत्र अनमोलको कारण सुपर हिट भयो, अर्को उनको मात्रै भर पर्दा सुपर फ्लप । अहिले उनी नाम मात्रैको हलिउड फिल्म खेल्नमा ब्यस्त छिन् ।

विहिवार नाममात्रैको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं ’ कोे गित, ट्रेलर र पोस्टर रिलिज भयोे । आना लगायत अन्य देशका कलाकारहरु उक्त कार्यक्रममा उपस्थित हुन सकिनन् । अनुपस्थित हुनेहरुले, भिडियोमार्फत संदेश पठाएका थिए । जसमा बलिउडका गुल्सान गोल्भरले हिन्दी मिसाउँदै सन्देश पठाए, पाकिन्तानका हामिद सेखले सुरुदेखि अन्त्यसम्मै उर्दु भाषामा संन्देश दिए । तर आनाले अंग्रेजी भाषामा मात्रै संन्देश दिईन् । 

एउटा नाममात्रैको हलिउड फिल्म खेल्यो भन्दैमा अंग्रेजीमैे म्यासेज दिनु त पर्दैनथ्यो नि, कि एउटै फिल्मले उनले नेपाली नै बोल्न विर्सिएकी हुन्, हलभरी यस्तै गाइँगार्इँगुईंगुईं सुनियो । हुन पनि यार उनले नेपालीमै संन्देश दिएको भए न सुको जान्थ्यो न त आना नै ।
    
 

Leave A Comment