दर्शक आफैँ तर्सेलान् नि !

शुक्रबार, २० पुष २०७५, ०७ : ०६ शुक्रवार
दर्शक आफैँ तर्सेलान् नि !

अहिले हरर जन्राका फिल्म हलिउडमा समेत बन्न कम भइसक्यो । ‘कन्जुरिङ’ र ‘सअ’जस्ता हस्तीहाड नै चिल्चिलाउने गरी मान्छे तर्साउने फिल्मका निर्देशक जेम्स वान समेत तर्साउने फिल्म बनाउन छाडेर ‘अक्वामेन’जस्तो सुपरहिरो फिल्म बनाएर कुस्त कमाउन थालिसके ।
अरु त अरु बलिउडमै पनि ‘पुराना मन्दिर’ स्टाइल नचलेर हैरान भएपछि भूतले समेत कमेडी गर्न (‘स्त्री’) थालिसके ।

यता हाम्रो उद्योगमा भने जहिले पनि उल्टो हुन्छ । यस्तै उल्टो काम गर्ने अभिनेता हुन्, अर्पण थापा । उनले सारा सम्भावना छाडेर दर्शक तर्साउने काममा लागिपरेका छन् ।

उनले नेपाली भूतप्रेतलाई प्रमोट गर्नुप¥यो भन्दै ‘घर’ नामकको हरर फिल्म बनाउन लागिपरेका छन् । यस फिल्मको कथा लेखनदेखि निर्देशनसम्मको जिम्मा उनैको छ ।

यसअघि उनले ‘सुनकेशरी’ नामक फिल्म हरर जन्रामा बनाएका थिए । भन्नु परेन, यो फिल्म पूरै फेल खाएर निर्मातासमेत तर्सन पुगेकी थिइन् । 

यस पटक भने दर्शकलाई पूर्ण रुपमा तर्साउने प्लान अर्पणको छ । अब यो प्लानमा दर्शक फँस्ने हुन् कि निर्माता ! 
 

Leave A Comment