सिक्रीले ल्याएको लफडा

बिहिबार, २६ पुष २०७५, ०३ : ४३ भोला अधिकारी
सिक्रीले ल्याएको लफडा

मोडल तथा गायक दुर्गेश थापाले डान्सबार अनुभवबारे शुक्रवारकर्मी भोला अधिकारीले गरेको संवाद 

छोरी मान्छेहरु चुरोट तानेर धुवाँ उडाइरहेको, कोही गेष्टसँग बसेर रक्सी पिइरहेको । नाच्न पहिलोपटक डान्सबार छिर्दा अचम्म लाग्यो । महिला डान्सरको ड्रेस देखेर पनि छक्कै परेँ । कपडा कति छोटा हुन् कति । नाच्दा छोटा लुगा लगाएर हिन्दी गीतमा नाचेका छन् । यता पनि ठिक्क उता पनि ठिक्क । केटीहरुको चालढालले म छक्क परेँ र  पछि बिस्तारै बुझ्दै गएँ । डान्सबार भनेको यस्तै रहेछ । पछि त बानी परिहाल्यो । 
काठमाडौं आउँदा म रित्तै थिएँ । खाने, बस्ने टुंगो थिएन । एकजना विशाल भन्ने साथी थियो उसैकोमा बस्थेँ । हामी दुईभाइ कलंकीमा बस्ने गर्थौँ । त्यहाँबाट हामी दुवैजना ठमेलको डान्सबारमा नाच्न बेलुका ५ बजे आइ पुग्थ्यौँ । नाच्नका लागि मेरो सिक्ने ठाउँ एउटा यो बन्यो । ठमेलको मेहन्दी डान्सबार सो पाटी प्यालेस लगायत बारहरुमा नाचे । 

बिस्तारै म्युजिक भिडियोतिर नाच्न थालियो । सुरुमा कुनै पनि गीतहरुको पछाडि नाच्नु पर्दा थोरै पैसा दिन्थे । २ सय ५० रुपैयाँ पाइन्थ्यो । खाजा चिउरा दिन्थे । यत्तिले जीवन चल्ने कुरै भएन । त्यसैले

डान्सबारमा नाच्नै पर्यो । 
पहिला डिजेइङको काम गरेको हो । म्युजिक पनि बजाउने अनि नाच्ने पनि सम्भव थिएन । साहुले नदेख्ने गरी नाच्नुपथ्र्यो । साहु नभएको बेला एक जना दिदीले नाच भनेर पठाउनु हुन्थ्यो । बिस्तारै नाच्न पाउन थालियो । नाच्दा टिप्स आउँथ्यो । त्यसले जीवन केही सहज हुँदै गयो । 

अहिले म कार चढेर हिँड्छु । यति धेरै गीतहरुमा मोडलिङ गर्छु । यो त कल्पनाको संसार नै थियो । डान्सबारमा डान्स गर्दा तलब २५ सय थियो । कोठा भाडा तिर्न मुस्किल थियो । २५ सयले के नै हुन्थ्यो र । चिउरा खाएर काम गर्नुपर्थ्यो ।

बुबासँग बोलचाल बन्द
मेरो बुबा भारतीय सेनामा हुनुहुन्थ्यो । बुबा भारतीय सेनामा भएका कारण छोरा पनि भारतीय सेनामा जाओस् भन्ने चाहाना थियो । मैले भारतीय सेनामा भर्तिका लागि नाम पनि निकालेको थिएँ । तर जान मन लागेन । छोराले जागिर खाएन भनेर बुबाले मलाई हेर्न छोड्नुभयो । कुनै सपोर्ट भएन । 

सिक्री माग्दा झगडा 
हाम्रोमा भारतीय गेष्ट आएका थिए । एकजना केटीले मुजुरा नाच नाचेको देखेर त्यो मान्छेले लगाएको  सिक्री नै फुकालेर लगाइदियो । सिक्री लगाइदिएपछि ती केटी पनि दङ्ग परेकी थिइन् । 
कुन झोँकमा सिक्री फुकालेर दिएको थियो कुन्नि, भोलिपल्ट त माग्न आयो । उसले म दिन्न भन्न थाली । मलाई दिएको सिक्री फुकालेर त मरिगए नि दिन्न भनेपछि हानाहान नै परेको थियो । बाउन्सहरुले नै छुट्याउनुपर्ने अवस्था आएको थियो । 

अहिले पनि डान्सबार जान्छु 
म डान्सबारबाट आएको मान्छे हो । मेरो धरातल बिर्सनु हुँदैन । मेरा पुराना साथीभाइहरु डान्सबार तिरै छन् । कहिलेकाहीँ जान्छु । उनीहरुसँग बसेर रमाइलो गर्छु । पहिलाको जस्तो डान्स नै गरेर त बस्दिन । 


 

Leave A Comment