आलिया अझै मस्तीमा

आइतबार, २९ पुष २०७५, ०८ : ०२ शुक्रवार
आलिया अझै मस्तीमा

अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको एक साता हुन लागे पनि बलिउडमा अहिलेको चल्तीकी नायिका आलिया भट्टलाई भने नयाँ वर्षको मुड र रमाइलोपनले छाडेको छैन ।

हुन त आलिया रणवीर कपुरसँग मुटु साटासाटमा लागेपछि बलिउडको सर्वाधिक हट कपलले एक साता नयाँ वर्षको मस्तीमा डुब्नु कुनै अनौठो पनि भएन, त्यो पनि भारतमा हैन न्युयोर्कमा । आलिया वर्षको अन्त्यमा नयाँ वर्ष मनाउन न्युयोर्क गएकी थिइन् ।

त्यहाँ उनले रणवीरको परिवारसँग नयाँ वर्ष मनाएको बताइन्छ । भारतमा भए पापाराजीहरूले आफ्नो मस्तीमा आँखा लगाउलान् र मसाला सहितका गसिप बनाउलान् भनेर आलिया रणवीरसँग न्युयोर्कमा रमाउन पुगेकी हुन् । आलिया सन् २०१९ मा कपुर खानदानकी बुहारी हुने चर्चा केही समयअघि चलेको थियो ।
 

Leave A Comment