‘डान्सको बहानामा पछाडिबाट धक्का दिन्छन्’

बिहिबार, १० माघ २०७५, ०३ : ३३ भोला अधिकारी
‘डान्सको बहानामा पछाडिबाट धक्का दिन्छन्’

मोडल तथा अभिनेत्री दिपासा बिसीले शुक्रवारकर्मी भोला अधिकारीसँग आफ्नो नाइट लाइफको बारे साटेको अनुभव ।

पहिलोपल्ट दोहोरीसाँझ छिर्दा 
काठमाडौं आएको एक वर्षपछि सुन्धारामा रहेको एउटा दोहोरीसाँझमा गएको थिएँ । यो ८ वर्ष अगाडिको कुरा हो । आफू त नौलो मान्छे । साँझ ७, ८ बजेतिर दोहोरीसाँझमा छिरेको । भित्र त वातावरण अर्कै हुँदोरहेछ । गाउँमा देखेको  दोहोरीभन्दा फरक हुँदो रहेछ । कतिपयको असभ्य व्यवहार, कतिको सभ्य व्यवहार । पहिला त कहाँ आएँछु जस्तो लागेको थियो । पछि रमाइलो लाग्न थाल्यो । 
डान्सबार र क्लब फेवरेट

मेरो एकजना सोल्टिको ठमेलमा झरना डान्सबार थियो । त्यहाँ साथीसाथी मिलेर जान्थ्याँै । अहिले पनि जान्छाैं । नाच्नका लागि भनेर त गइएन । त्यहाँ गएपछि सबै साथीहरु ड्रिक्स गर्नेमा पर्नुहुन्थ्यो । मैले कहिल्लै ड्रिक्स गरिनँ । दिनभरि सुटिङमा काम गर्ने, नाच्ने अनि साँझ भएपछि कि डान्सबार कि त क्लब, दोहोरीसाँझमा अखडा नै बनाएर बसिन्थ्यो । शुक्रबारको दिन धेरै जसो आइक्लब, फायर क्लबतिर गएर नाचिन्थ्यो । 

यसरी रमाइलो गर्ने क्रममा कहिले बिहान ५ नै बजाएका छाँै । साथीहरु ड्रिक्स गरेपछि झन्झन् नाच्ने खाल्का थिए । उनीहरु पिउँदै नाच्दै गर्ने, आफू नपिए पनि नाच्न पाएसी केही नचाहिने । नाचेर छयाङ्गै उज्यालो बनाएका छाैं। डान्सबारभन्दा बढी डिस्को जान्छाैं । डान्सबार, दोहोरीसाँझ होस् या नाइट क्लब केही जस्तो लाग्दैन अचेल त । 

बच्चैदेखि नाच्ने भएर होला । डान्सबारमा जाँदा अरू नाचेको देखेर नाचुमनाचुम त लाग्थ्यो । केटाकेटी भएपछि कोही नचाहिने हामी कहिले बद्री पंगेनी दाइको दोहोरीसाँझमा त कहिले डिस्को कुँदेको कँुदै गथ्र्यौँ । 
डान्सको बहानामा धक्का 
डान्स गर्दा आफैँ इन्जोय गर्ने हो । तर फ्लोरमा नाच्दै गर्दा नाचेजस्तो गर्दै धक्का दिन आउनेहरु पनि हुन्छन् । बडो इरिटेड गर्छन् त्यस्ताले । यस्तो ३–४ पटक नै भइसक्यो । केटी नाचेको ठाउँमा नाच्न आउने केटाको सेन्स नै अर्कै हुने रहेछ । ड्रिक्स गरेर मातेका हुन्छन् । पछाडि आएर धक्का दिन्छन् । एउटामा त झगडै पर्यो । पछि बाउन्सरले उनीहरुलाई क्लबबाटै बाहिर निकालिदियो ।
घरबेटीको पर्खालबाट हाम फालियो 

प्रायः जसो मेरो घरमै हामी सुत्न जाने गर्थौँ  । मेरो रुम यही घट्टेकुलो हो । राति आउनका लागि पनि सजिलो नै थियो । एकपटक राति २, ३ बजेतिर नाइट क्लबबाट आएको घरबेटीले गेटमा चाबी लगाइदिएको रहेछ । मेरा सबै साथीहरु मातेर ल्याङ भएका थिए । म मात्रै फ्रेस थिएँ । त्यो दिन छोटो मिनिस्कट लगाएकी थिएँ । 

पर्खालमा माथि किलै किला राखिएको थियो । कोठामा त जानै प¥यो । जे पर्ला पर्ला भनेर बिस्तारै पर्खालमा चढेर उता हाम फाल्ने भएको किलामा भल्झेर मेरो मिनिस्कट च्यातियो । धन्न रात परेको थियो । अनि ढोका खोलेर सबैलाई भित्र लगेँ । भोलिपल्ट मिनिस्कट हेरेको आधा त पूरै च्यातिएको रहेछ । दिउँसो भएको भए त बबालै हुने रहेछ । 

Leave A Comment