महँगो घरका शौखिन

बिहिबार, २४ माघ २०७५, ०५ : ४९ शुक्रवार
महँगो घरका शौखिन

केन ग्रिफिनले अचम्मै गरी नाम कमाए । उनी अर्बपति भएकाले नाम कमाएका होइनन् । संसारभरि केनजस्ता अनेकन अर्बपति छन् । उनी तीमध्ये केही अर्बले बढी वा कमले नाम कमाएका हुनन् तर नाम कमाउने बाटो अर्कै समाते ।

उनले नाम कमाउने बाटो समाते, सबैभन्दा महँगा घर र अपार्टमेन्ट किनेर । हालै उनले अमेरिकाको न्युयोर्कस्थित सबैभन्दा महँगो अपार्टमेन्ट किनेर उनले चर्चा बटुलेका हुन् । उनले २० हजार करोडभन्दा बढी रकममा खरिद गरेर महँगा क्रेतामध्येमा गनिएका हुन् ।

यो अहिलेसम्म बिकेकोमध्ये सबैभन्दा महँगो अपार्टमेन्टका रुपमा चर्चित बन्न पुग्यो । चार तल्ले यो घर २२० सेन्ट्रल पार्क साउथमा रहेको छ । यस ठाउँको घरजग्गा भाउ संसारकै महँगोमध्येमा गनिन्छ ।
उसो भए यो अपार्टमेन्ट किन्ने व्यक्ति केन ग्रिफिन को हुन् त ? यी सेयर बजारका खेलाडी हुन् । उनी हेज फन्ड

इन्भेस्टमेन्ट कम्पनी सिटाडेलका संस्थापक हुन् ।

५० वर्षे ग्रिफिनले गएको सोमबार लण्डनस्थित बकिंघम दरबार छेउकै एउटा महँगो घर किनेर चर्चा बटुले । दरबार छेउको यो घरको मूल्य १२ सय करोड रुपैयाँको थियो ।

ग्रिफिनको महँगो घर किन्ने शौख यत्तिमै सीमित छैन । सन् २०१५ मा नै उनले ६० मिलियन डलर (लगभग ७ सय करोड रुपैयाँ)मा अमेरिकाको मियामी राज्यमा महँगो घर किनेका थिए । मियामीमा त्यत्ति महँगो घर अहिलेसम्म कसैले किनेको थिएन ।

मियामीको कीर्तिमानबाट चित्त नबुझेर उनले अमेरिकाकै सिकागोमा ५९ मिलियन डलरमा अर्को भव्य घर किनेका थिए । त्यसो त सिकागोमा उनका तीन वटा महँगा महल छन् । त्यस्तै फ्लोरिडा राज्यको पामबीच भन्ने ठाउँमा ६ वटा र हवाई राज्यमा दुई वटा भव्य महल छन् ।

न्युयोर्कको सेन्ट्रल पार्कस्थित एउटा घर सन् २०१४ ताका १३७ मिलियन डलरमा बिकेको थियो । त्यो कीर्तिमान भंग गर्नका लागि ग्रिफिनलाई औडाहा भएर यो नयाँ घर किनेको केहीको भनाइ छ ।
 

Leave A Comment