क्या गजब नतिजा

सोमबार, २८ माघ २०७५, ०२ : ३० शुक्रवार
क्या गजब नतिजा

आन्तरिक कलह र आर्थिक रुपमा असुरक्षित रहे पनि नेपाली क्रिकेट खेलाडीले एकपछि अर्को अन्तर्राष्ट्रिय उपाधि आफ्नो कब्जामा पारेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय रेकर्ड त राखेका छन् नै प्रतियोगिताको विजेतासमेत बनेका छन् । 

युएईविरुद्धको तीन खेलको एक दिवसीय शृंखला जितेको नेपालले युएईविरुद्धको टि–२० सिरिजसमेत आफ्नो पक्षमा पार्यो । एक दिवसीय प्रतियोगिता २–१ ले जितेको नेपालको टि–ट्वान्टी सिरिजको प्रारम्भ सोचेजस्तो भएन  ।

हारबाट प्रतियोगिता खेल्न सुरु गरेको नेपाली टोलीले बाँकी २ प्रतियोगिता शानदार ढंगले जित्दै उही २–१ को अंक तालिका बनाएर सिरिज जितेका थिए । 

एक दिवसीय शृंखलामा रोहितकुमार पौडेलले अर्ध सतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दै भारतीय क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी साहिद अफ्रिदीको रेकर्ड ब्रेक गरेका थिए । टि–ट्वान्टीमा पनि रेकर्ड राख्ने क्रम जारी रह्यो । नेपाली खेलाडी सञ्जिव जोराले टि–ट्वान्टीमा अर्ध सतक पूरा गर्ने सबैभन्दा कान्छो उमेरको खेलाडीको रेकर्ड बनाए ।

पुरुष राष्ट्रिय टोलीको सफलता एकातिर छँदैछ । अर्कोतिर महिला राष्ट्रिय टोली विजेता नै नभए पनि फष्टरनर अप भएका थिए । युएईमा राष्ट्रिय टोली विजयी बन्दा उता पाकिस्तानमा रहेको महिला नेत्रहीन टोलीले टी ट्वान्टी क्रिकेट सिरिजको एक खेल बाँकी हुँदा नै विजयी बनिसकेका थिए ।  

एक खेल खेल्नुअगाडि नै ३–० को नतिजाले नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्यो । सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो र तेस्रो खेलमा १० विकेटको जित निकालेको थियो । दोस्रो खेल भने वर्षाको कारण रद्द भयो । चौथो खेलमा पनि नेपाली टोली विजयी भएपछि एक खेल बाँकी रहँदै सिरिज जितिसकेको थियो । 
नेपाली खेलाडीले एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता पाइरहँदा नेतृत्वदायी संस्था क्रिकेट एसोसिएन अफ नेपाल भने आन्तरिक द्वन्द्वले थिलथिलो भइसकेको छ । 
 

Leave A Comment