१८ वर्षमै बाबु बने स्टार फुटबलर

सोमबार, २८ माघ २०७५, ०२ : ३३ शुक्रवार
१८ वर्षमै बाबु बने स्टार फुटबलर

म्यानचेस्टर सिटीका स्टार फुटबलर फिल फडन १८ वर्षको उमेरमा बाबु बनेका छन् । उनकी प्रेमिका रोबेका कुक आमा बनेकी हुन् । उनको प्रेमिकाको उमेरसमेत १८ वर्षकै हो । फिललाई बेलायतको प्रतिभाशाली युवा खेलाडीको रुपमा हेरिन्छ ।

लामो समयदेखि प्रेममा रहेका यी दुवै एक साताअगाडि अभिभावक बनेका हुन् । उनको प्रेमिका आमासँगै बस्दै आएकी छिन् भने फिल आफ्नै परिवारसँग बस्ने गरेका छन् । उनले बच्चा र आमालाई आवश्यक सबै सहयोग गरिरहेको द सनले लेखेको छ ।

उनी क्लबमा मिडफिल्डमा खेल्ने गर्छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी आफ्नो प्रेमिकासँगको तस्बिर सेयर गरिरहन्छन् । १८ वर्षको उमेरमा आफू बाबु बनेको सन्देश उनले इन्स्टाग्रामबाटै सार्वजनिक गरेका थिए । 
 

Leave A Comment