नीताको जलन

शुक्रबार, १७ फागुन २०७५, ०७ : २४ शुक्रवार
नीताको जलन

नायिका नीता ढुङ्गाना फिल्मी उद्योगमा प्रवेश गरेको केही समयमै निर्माता निर्देशकको नजरमा पर्न छाडिन् । फुर्सदिली नीताले बल्लबल्ल एक फिल्ममा काम पाइन् । त्यो पनि फुस्सा हुने संकेत देखिइसकियो ।

नेपाली फिल्म उद्योगकै पहिलो अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको पहिलो फिल्म ‘साइनो’मा व्यस्त भए पनि नीता चर्चामा छैनन् । फिल्म उद्घोष कार्यक्रममा उनी जाँदै गइनन् । गत सोमबार फिल्मकै गीत रिलिज कार्यक्रममा भने पुगिन् तर गीतभर अर्की नायिका मेरुना मगर र नायक राजकुमार हावी भए । सबैको ध्यान उनीहरुले नै खिचेपछि नायिका नीता त्यहाँ पनि ओझेलमा परिन् ।

कसैले पनि वास्ता नगरेको भाव उनको अनुहारमा झल्किरहेको थियो । जसले गर्दा निर्माता निर्देशक ‘नीताको झनै सशक्त भूमिका छ’ भनेर बारम्बार उनलाई सान्त्वना दिइरहेका थिए ।

जब उनलाई बोल्न लगाइयो, त्यो समयमा मुखले पनि आफू गीतमा देखिएका दुई कलाकारबाट ईष्र्यालु भएको बताउन छाडिनन्, भनिन्, ‘सबै राम्रो काम मैले मात्रै गर्नु पनि त भएन !’

बोलीमा अर्की नायिका मिरुनालाई राम्रो गीत दिएर आफूले कृपा गरिदिए जस्तै सुनिन्थ्यो । जे होस्, आफू मिरुनासँग ईष्र्या लागेको ओकलेरै छाडिन् । नओकलेको भए पनि अनुहारमै त्यस्तो भाव प्रस्टै देखिएको थियो । धन्न नीताले मुखले एउटा र बोलीले अर्को बोलिनन् !
 

Leave A Comment