कार्कीको बदमासी

बुधबार, २० चैत २०७५, ०६ : ५१ शुक्रवार
कार्कीको बदमासी

कथा, पटकथा चोर्नु, सट जस्ताको त्यस्तै राख्नु अनि अर्काको गीतको धुन सुटुक्क सार्नु नेपाली फिल्मका लागि नौलो विषय नै रहेन । चल्तीका निर्देशक, कथाकार र संगीतकारले समेत चोरचारमै ध्यान दिएको धेरै तथ्य पुष्टि नै भइसकेको छ । हुँदाहुँदा अब फिल्मको ब्याकग्राउन्ड म्युजिक पनि चोर्न थालिएको छ । चलचित्र ‘रोमियो’ युट्युबमा अपलोड भएपछि फिल्मी क्षेत्रमा भइरहेको चोरीको यो अर्को पाटोको पनि खुलेको हो । यस्तो चोरीको लाइनमा एलिस कार्कीसमेत थपिएका छन् ।

भयो के भने, हलमा टिक्न नसक्दा घाटा खाएको रकम युट्युबबाटै उठाउन निर्माताले हाइलाइट्स च्यानलमार्फत् फिल्म राखिदिए । यूट्यूवमा फिल्म आएपछि निःशुल्क फिल्म हेर्ने दर्शकमाझ लोकप्रिय पनि भयो तर बीचबीचमा ब्याकग्राउन्ड म्युजिक गायब भयो ।
युट्युबले पछिल्लो समय सिर्जनाको चोरीमा कडाई गरिरहेको छ । फिल्म रोमियोको केही ब्याकग्राउन्ड

म्युजिक अन्य फिल्मबाट कपी गरेर राखेको पुष्टि भएपछि जहाँ–जहाँ चोरीको म्युजिक थियो त्यो म्युट भयो र चोरीको पोल खुल्यो । पोल सार्वजनिक गर्ने काम फिल्म निर्माता तथा नायक हसनराजा खानले नै गरेका हुन् । कार्कीले पनि चोरी स्वीकार गरे तर कारण चैँ ‘पैसा नदिएकाले राखिदिएँ’ पो भनेछन् । अब चोरले नै चोरेको हो भनिसकेपछि बाँकी तर्क नै किन चाहियो र ! फिल्म बनिसकेपछि बाँकी पैसा नदिएको झोँक फेर्दा कार्की भने मज्जैले नागिंए ।
 

Leave A Comment