उदार भुवन

आइतबार, २४ चैत २०७५, ०४ : १२ शुक्रवार
उदार भुवन

शास्त्रले नै भन्छ १८ वर्ष पार गरेको सन्तान साथी समान हो । यो भनाइबाट नायक भुवन केसी ज्यादै नै प्रभावित रहेछन् । त्यसैको प्रमाण हो, उनले छोरा तथा नायक अनमोल केसीको जन्मदिनमा हालै सार्वजनिक गरेको तस्बिर जसमा उनी हातमा स्याम्पेनको ग्लास लिएर छोरासँगै बसेका छन् । छोरा अनमोल मुस्कुराइरहेका छन् । 

तर तस्बिरमा भुवन जति उदार देखिएका छन्, व्यवहारमा त्यत्ति उदार हुन नसक्दा उनको छोराको फिल्मी यात्रा भने संकटतिर दौडिरहेको देखिन्छ । कुन फिल्म खेल्ने, कुन नखेल्ने भन्ने निर्णयमा अनमोल भन्दा पनि भुवन र उनकी प्रेमिका जिया केसी हावी छन् ।

होम प्रोडक्सनमा बनेको ‘कृ’ले डुबाएको उनको करिअर ‘क्याप्टेन’ले उकास्न सकेन । कमजोर फिल्म भए पनि होम प्रोडक्सनको फिल्म कसरी नाई भनुन् उनले ? त्यसको प्रभाव अनमोल जति योङ हुँदैछन्, उनको चलचित्रको सफलताको यात्रा भने उत्तिकै ओरालो लाग्दैछ । भुवनजी, उमेर पुगेको छोरालाई साथी समान व्यवहार गरे पनि अब आफ्नो करिअरको निर्णय पनि आफैं गर्न दिने पो हो कि ?
 

तस्बिर: भुवन केसीकाे इन्स्टाग्राम

Leave A Comment