झरनाको ‘ज्वाइँ’ रहर

शुक्रबार, २९ चैत २०७५, ०३ : ४४ शुक्रवार
झरनाको ‘ज्वाइँ’ रहर

फिल्म ‘ए मेरो हजुर ३’ की निर्देशक झरना थापाले अभिनेता अनमोल केसीलाई ज्वाइँ भनेर जात्रा देखाइन् । 
उनको छोरी सुहाना पर्दामा अनमोलको पार्टनर बनेर अभिनय गरे पनि यी दुईबीचको व्यक्तिगत सम्बन्ध ज्वाइँ नै भन्ने तहसम्ममा पुगिसकेको देखिन्न । सुहानाको उमेर अहिले नै विवाह गरिहाल्ने अवस्थामा पुगेको पनि छैन । खै के रहर हो झरनाको, उनी भने अनमोललाई ज्वाइँका ज्वाइँ भनेर पछि नै लागिरहेकी छन् ।


उनी कहिले छोरी सुहाना र अनमोलको बिहे भएको फोटो फेसबुकमा सार्वजनिक गर्छिन्, कहिले अन्तर्वार्तामै अनमोललाई ज्वाइँ भनेर सम्बोधन गर्छिन् । उनको भित्री आशय पनि अहिले नै छोरीको कन्यादान गरेर अनमोललाई पठाइहाल्ने देखिन्न ।


ठ्याक्कै देखिन्छ, उनको यी सबै मिहिनेत छोरीको डेब्यु फिल्म ‘ए मेरो हजुर ३’ चलाउने फन्डा मात्र हो । नेपाली चलचित्रमा एकताका राम्रै प्रभाव जमाउन सफल झरनाको यो फन्डा देख्दा उनी फिल्म चलाउने मसलाको मामलामा आउटडेटेड भएको पुष्टि भयो ।


कसको कोसँग लभ पर्यो भन्ने हल्लाकै भरमा अहिले फिल्म चल्दैनन् । स्टार मानिएका अनमोलकै एकपछि अर्को फिल्म डब्बा भइरहेको बेला उनको यो ज्वाइँ फन्डाले के काम गर्ला र ?

Leave A Comment