अश्लील भिडियो फ्याँक्दा बाउलाई मुद्दा

आइतबार, ०८ बैशाख २०७६, ०७ : ५६ शुक्रवार
अश्लील भिडियो फ्याँक्दा बाउलाई मुद्दा

आफ्नो २९ हजार डलरभन्दा बढी मूल्य बराबरका अश्लील फिल्म र पत्रिकाको ठूलो सङ्कलन बुबाले रद्दीको टोकरीमा फ्याँकिदिएको भन्दै एक छोराले बुबामाथि मुद्दा हालेका छन् ।

अमेरिकाको इन्डियाना राज्यमा बसोबास गरिरहेका बाबुछोराबीच लामो समयदेखि अश्लील साहित्य र फिल्मको संकलनलाई लिएर विवाद हुने गरेको थियो । यी फिल्म र साहित्य फ्याँकेर बाबुले छोरामाथि ‘ठूलो काम गरिदिएको’ प्रतिक्रिया दिएका थिए ।

मुद्दा भने गएको साता इन्डियाना राज्यको संघीय अदालत मिचिगनमा हालिएको थियो । सन् २०१६ मा पत्नीसँगको पारपाचुकेपछि ती छोरा बाबुआमासँग बस्दै आएका थिए ।

१० महिना सँगै बस्दाका बखत भेला पारेका अश्लील सामग्रीहरु बाउआमाले फिर्ता नदिएको र कहीँ फ्याँकिदिएको भन्दै छोराले आपत्ति जनाउँदै मुद्दा हालेका हुन् । उनको दाबीअनुसार १२ बक्सामा राखिएका ती अश्लील सामग्रीहरु हराएका हुन् ।

प्रहरीमा बाबुआमालाई पक्राउ गर्नुपर्ने गरी किटानी जाहेरी दिए पनि प्रहरीले यो कुनै आपराधिक गतिविधि नभएको हुनाले बाबुआमालाई पक्राउ नगरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

बरु उल्टै बाबुले छोरालाई इमेल लेख्दै भनेका छन्, ‘हामीले तेरो फोहोर फ्याँकेर तँमाथि कृपा नै गरेका हौँ ।’
छोराले भने आफ्ना बाउआमाले ती सामग्री फ्याँकेको विरोधमा तेब्बर क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । उनले दिएको निवेदनमा ८७ हजार डलर क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका छन् ।

Leave A Comment