कुकुरले निल्यो निटेन्डो

आइतबार, ०८ बैशाख २०७६, ०८ : ०२ शुक्रवार
कुकुरले निल्यो निटेन्डो


एउटा अध्ययनले देखाएको छ, संसारभरि नै कुकुर पाल्नेहरु आफूलाई मालिकजस्तो ठान्छन् र बिरालो पाल्नेहरु सेवकजस्तो ।

अमेरिकामा ६८ प्रतिशत मानिसले जनावर पाल्ने गरेका छन् । तीमध्ये ४८ प्रतिशतले कुकुर पाल्छन् भने १६ प्रतिशतले बिरालो । अनि, कुकुर पाल्नेले वार्षिक रुपमा ३ हजार डलर खर्चन्छन् भने बिरालो पाल्नेले २३ सय डलर ।

आखिर कुकुर पालकले किन बढी खर्च गर्छन् त ? न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलजीकी पाल्तु जनावरसम्बन्धी विश्लेषक कोलिन किर्क भन्छिन्, ‘कुकुर पालकलाई बढी गुनासो आउँछ र बिरालाको आउँदैन । प्रायः कुकुरपालकले कुकुरको जीवनभर उसलाई जोगाउन सामान्यतः १० हजार ६ सय ८९ डलर खर्च गर्छन् भने बिरालो पालकले यसको आधाभन्दा पनि कम खर्चन्छन् । 

कुकुरपालक आफूलाई मालिकजस्तो ठान्छन् किनभने उनीहरुलाई नै बढी गुनासो आउँछ । जति बढी गुनासो आउँछ, उति मालिकत्व महसुस हुन्छ । अध्ययनले के पनि देखाएको छ भने जुन बिरालोले आफ्नो मालिक आएको बेला हलचल देखाउँछ, म्याउँ गरेर मुसारिमाग्छ, त्यस्ता बिराला मालिकले आफूलाई मालिकत्वको महसुस गर्ने गरेका छन् । तर अध्ययनले के पनि देखाएको छ भने जतिसुकै सुन्दर बिरालो किन नहोस्, कुकुरले जत्तिको मालिकत्व भने तिनले महसुस गराउँदैनन् ।

यो त भयो अध्ययनको कुरा, हालै केही समयअघि एउटा कुकुरले मालिकको गेम प्लेयर निटेन्डो नै निलिदिएको छ ।

केही दिनयता कुकुरले खाना खानै छाडेको र उल्टी मात्र गर्न थालेपछि उसलाई उपचारका लागि पशु अस्पताल पुर्याउँदा उसको पेटमा निटेन्डो खेलको कन्सोल रहेको चिकित्सकहरुले पत्ता लगाएका हुन् । उसलाई के भएछ भनी एक्स रे गर्दा पेटमा निटेन्डो गेम कन्सोलको डिएस क्याट्रिज रहेको पत्ता लागेको हो ।

कुकुर मालिक २७ वर्षे सिन जोन्स्टन भन्छन्, ‘उसले क्याट्रिज निलेको पाएपछि पशु अस्पताल भर्ती ग¥यौँ । तर यो हाम्रो घरमा हुँदा निलेको भने थिएन । अघिल्ला मालिकले बिरामी भएपछि बेचेछन्, अहिले हामीकहाँ आउनेबित्तिकै किन यस्तो बिरामी हुन थाल्यो भनेर चिन्तित थियौँ ।
 

Leave A Comment