छक्कै दीपक

शुक्रबार, २० बैशाख २०७६, ०७ : ०२ शुक्रवार
छक्कै दीपक

अभिनेता दीपकराज गिरी फिल्म चलाउन माहिर कलाकारमध्येका एक हुन् । जतिसुकै खराब समीक्षा लेखिएको किन नहोस्, उनले बनाएका फिल्म नाफामै उक्लन्छन् । छक्कापञ्जाको सिक्वेलको सफलता होस् या उनी संलग्न ‘शत्रु गते’को चर्को आलोचनात्मक समीक्षा छापिँदा पनि लगानी नडुब्नु लक र दीपकको चलाखी दुवैको कमाल हो । 

तर सधैँ चलाखीले काम गर्दैन क्या ! एकपछि अर्को नेपाली फिल्म फ्लप भइरहेको बेला हौसिएका दीपकले दुई वर्ष पुरानो फिल्म ‘छक्का पञ्जा २’ लाई पुनः हलमा रिलिज गर्ने हल्ला चलाए । फिल्म प्रदर्शनबाट उठेको रकम सामाजिक सेवामा लगाउने भन्दै उनको पुरानो फिल्मलाई गएको शुक्रबार पुनः रिलिज गरे ।

हलिउडको ठूलो फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ को डरले ‘दाल भात तरकारी’समेत छड्किएको थियो र रिलिज मिति हेरफेर गरेको थियो । यही मौका छोपेका थिए, दीपकले ।

अघिल्लो पटक ‘छक्का पञ्जा २’ रिलिज हुँदा यसको बिजनेस देखेर दीपक मात्र होइन, पूरै देश छक्क परेको थियो । यस पटक पनि फिल्म रिलिज हुँदा दीपक एक्लै छक्क परेका छन् । कारण, दर्शकले हललाई सुनसान बनाइदिएका छन् ।

दर्शकले दोहोर्याएर छक्क पारेपछि फेसबुकमा स्वीकार गर्दै उनले लेखेका छन्, ‘प्रयास सफल भएन ।’
 

Leave A Comment