वार्डरब माल्फङ्सनमा पूजा

शुक्रबार, २० बैशाख २०७६, ०७ : ३५ शुक्रवार
वार्डरब माल्फङ्सनमा पूजा

चल्तीकी नायिका पूजा शर्माको २७ औं जन्मदिन मनाउन उनको घरमा मंगलबार शुभेच्छुकहरु आइनैरहे । सञ्चारकर्मी पनि पुगे केकै बोकेर । एक युट्युबका लागि अन्तर्वार्ता दिँदा जोगिँदा–जोगिँदै यी नायिका जन्मदिनकै दिन वार्डरब माल्फङ्सनमा फँसिन् ।

च्यानल थियो, सिनेपाटी । सिनेपाटीकी अन्तर्वार्ताकार केकसहित विस् गर्न घरमा पुग्दा पूजा जिन्सको मिनी–स्कर्टमा थिइन् । सोफामा बसेकी उनीहरुको दृश्य क्यामेराम्यानले अगाडिबाट खिचिरहेका थिए । स्कर्ट छोटो भएकाले कतै नदेखिनुपर्ने दृश्य खिचिएलाकी भन्नेमा उनी सचेत नै देखिन्छिन् भिडियोमा ।

हातले बीच भाग छोपिरहन्छिन् । जब केक काटेर आमा र अन्तर्वार्ताकारलाई खुवाउन थाल्छिन्, उनको अन्तर्वस्त्र क्यामरामा कैद हुनपुग्छ । जसलाई युट्युब च्यानलले सम्पादनबिनै राखिदिएको छ । अन्तर्वार्ताभर उनले स्कर्टको बीचमा मोबाइल राखिदिँदा त्यस्तो दृश्य दोहोरिँदैन । एनी वे, ह्यापी बिलेटेड बर्थ डे पूजा । बि केयरफुल है, अब चै !

तस्बिर: सिनेपाटी

Leave A Comment