बेवास्ताले ज्यान गयो

आइतबार, १६ साउन २०७३, १० : ४३ शुक्रवार , Kathmandu
बेवास्ताले ज्यान गयो

चीनको राजधानी बेइजिङ छेउको बडालिङ वाइल्डलाइफ पार्क घुम्न गएकी एक महिलालाई पार्कको बाघले खाइदिएको छ । सीसी क्यामराले खिचेको घटनाको भिडियो अहिले भाइरल भइरहेको छ ।
भिडियोमा एउटी महिला कारको पछाडिको सिटबाट ओर्लिन्छिन् र ड्राइभर छेउको सिटमा बस्न अगाडिको ढोका खोल्छिन् । ढोकाबाट भित्र पस्न नपाउँदै पछाडिबाट एउटा बाघ आउँछ र ती महिलालाई घिसारेर लैजान्छ ।
महिलाको उद्धार गर्न कारबाट ड्राइभर र अर्की एक महिला उत्रन्छन् र बाघ भएतिर जान्छन् । उता गएपछि के भयो भन्ने चाहिँ सीसी क्यामराले कैद गर्न पाउँदैन ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाघको आक्रमणमा परी मारिने महिला उद्धार गर्न जाने दोस्रो महिला हुन् । ड्राइभर र दोस्रो महिला उद्धारमा गएपछि पहिलो महिलालाई बाघले घाइते बनाएर छोडिदिन्छ र दोस्रो महिलाको शिकार गर्छ । पार्कमा सवारी साधनबाट बाहिर ननिस्किन पर्यटकहरूलाई निर्देशन दिइएको र ठाउँठाउँमा यस्ता खाले सूचना टाँगिए पनि बेवास्ता गर्दा घटना भएकको समाचारमा जनाइएको छ ।

Leave A Comment