भारतीय क्लबमा अनिता र सावित्रा

शुक्रबार, २७ बैशाख २०७६, ०४ : ५५ शुक्रवार
भारतीय क्लबमा अनिता र सावित्रा

भारतको तमिलनाडुमा रहेको फुटबल क्लब सेथुलले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर अनिता बस्नेतलाई अनुबन्ध गरेको छ । उसले ‘हिरो भारतीय महिला लिग’ का लागि बस्नेतलाई अनुबन्ध गरेको हो । उसले यसअघि नै सावित्रा भण्डारीलाई अनुबन्ध गरिसकेको छ । 

क्लबले आफ्नो फेसबुक पेजमा बस्नेतको तस्बिर सार्वजनिक गर्दै उनलाई हिरो कपका लागि औपचारिक रुपमा अनुबन्ध गरेको सार्वजनिक गरेको हो । सेथुले प्राविधिक र शारीरिक रुपमा उत्कृष्ट मिडफिल्डरलाई क्लबमा अनुबन्धन गरेको जनाउँदै उनलाई ट्रेडमार्क १० नम्बरको जर्सी दिएको छ ।

अनिताले राष्ट्रिय टिम र घरेलु लिगमा ११ नम्बरको जर्सी लगाउने गरेकी थिइन् । प्रतियोगितामा ९ नम्बरको जर्सी सावित्राले लगाउने छिन् । हिरो भारतीय महिला लिग मे ५ बाट २२ सम्म पञ्जाबमा हुनेछ । लिगका सम्पूर्ण खेल लुधियानास्थित गुरु नायक मैदानमा हुनेछ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 
 

Leave A Comment