नीता–आमेश अधुरो प्रेम

शुक्रबार, ०३ जेठ २०७६, ०८ : २० शुक्रवार
नीता–आमेश अधुरो प्रेम

अभिनेता आमेश भण्डारी र नीता ढुंगाना कुनै समय लभ बर्ड थिए । दुवैको प्रेम भने लामो समय टिक्न सकेन । पानीको फोकाजस्तै प्याट्टै फुट्यो । नीता आफ्नै पाराले फिल्म क्षेत्रमा लागिन्, आमेश आफ्नै पाराले तर ब्रेकअप दुवैलाई त्यत्ति फापेन । नीताका लागि फिल्म नफापे पनि म्युजिक भिडियोतिर देखिई रहिन् । आमेश भने बेपत्तासरहै भए । यस बीचमा यी दुवैले सँगै काम गरेको देखिएन ।

सार्वजनिक कार्यक्रममा सँगै हुँदा तर्किने गरेका उनीहरु अहिले सामाजिक सञ्जालमा भने सँगै देखिन थालेका छन् र यससँगै टुटेको मुटु जुटेको चर्चा शुरु भएको छ । आमेश र नीतालाई ट्याग गरेर एक आफन्तले फोटोसहित ‘बैमानी बैमानी त्यो रुपै हैरानी’ चाँडै आउँदै भनेर लेखेपछि दुवैको सम्बन्धबारे पुनः चर्चा शुरु भएको हो ।

यो एउटा म्युजिक भिडियो हो । यसअघि आमेशले टिकटकमा नीतासँगै भिडियो बनाएर पोस्ट गरेका थिए, ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ बोलमा । दुवैको प्याचअप होला नहोला, त्यो भोलिको कुरो तर यी दुवैले हिजोको तीतो सम्बन्ध त्यागेर नजिक भएका भने हुन् । हेरौं अधुरो प्रेम कतै सफल पो होला कि !

Leave A Comment