शुष्माको चलाखी

शुक्रबार, ०३ जेठ २०७६, ०८ : २८ शुक्रवार
शुष्माको चलाखी

अभिनेत्री शुष्मा कार्कीको हातमा अहिले फिल्मको प्रोजेक्ट शून्य छ । दर्शकले लामो समयदेखि फिल्मी पर्दामा शुष्मालाई देख्न पाएका छैनन् । यद्यपि शुष्मा सामाजिक सञ्जाल फेसबुक र टिकटकका भित्तामा छाइरहन्छिन् । 
फेसबुकमार्फत् उनले आफ्ना शुभेच्छुकलाई न्यास्रो हुन दिएकी छैनन् । मौसम अनुसारको तस्बिरले भरिन्छ उनको फेसबुके भित्तो । गर्मी बढ्यो । अहिले उनको फेसबुक स्विमिङका तस्बिरले भरिएका छन् । 
टिकटकमा पनि उस्तै सक्रिय छिन् उनी ।

टिकटकमा ‘शुष्मा राना कार्की’को युजरनेममा सक्रिय रहेकी उनलाई एक लाख १६ हजारले फलो गरेका छन् भने ६ लाख ४२ जनाले उनका क्लिप मन पराएका छन् । ठीकै छ । अब निर्माता–निर्देशकले नपत्याएपछि कुनै न कुनै माध्यमबाट भए पनि उपस्थिति त देखाउनै प¥यो । एक लाख बढी दर्शकले टिकटै नकाटी, उनको अभिनय र झट्का हेर्न त पाएका छन् ! दर्शकका लागि फाइदैको कुरा हो ।
 

Leave A Comment