प्रदीपको तनाव

आइतबार, २६ जेठ २०७६, ०८ : ०९ शुक्रवार
प्रदीपको तनाव

अघिल्लो फिल्म ‘लभ स्टेसन’ चाहेजस्तो नरुचाइएपछि तनावमा रहेका प्रदीप अब फिल्म खेल्दा भने सचेत हुनुपर्ने निधोमा पुगेका छन् । त्यसैले त पछिल्लो समय आएका दुई वटा फिल्म छाडेको बताउन थालेका छन् ।
हालै राजधानीको एउटा रेस्टुराँमा मेघा घिमिरेको जीवनी ‘बलिदान’ विमोचन गर्दै उनले सोही कुरा बताएका हुन् ।

उनको हातमा अहिले ‘प्रेमगीत ३’ छ । यो फिल्म छान्ने कि अरु नै केही भन्ने दुविधा उनलाई नभएको होइन । तर प्रेमगीतको ब्रान्डले उनलाई तानिछाड्यो र अन्य दुई फिल्मलाई उनले त्यागिदिए ।

ती दुई वटा फिल्म कसका थिए भन्ने नखुले पनि हाम्रो उनलाई शुभकामना के छ भने प्रेमगीत ३ धुमधामसँग चलिदियोस् र उनले बाँकी फिल्म छाडेकामा पछुतो नहोस् !
 

Leave A Comment