लिङ्ग देखाएको भन्दै पतिलाई छोडपत्र

शनिबार, १४ असार २०७६, ११ : ३९ शुक्रवार
लिङ्ग देखाएको भन्दै पतिलाई छोडपत्र

मेलिन्डा (नाम परिवर्तन)ले एक दिन आफ्नो पतिले सासूलाई आफ्नो लिङ्ग देखाउँदै केही सुझाव मागेका के थिए, पत्नी मेलिन्डाले छोडपत्रको कागजमा झण्डै हस्ताक्षर गराइन्।

हुन त नयाँ दुलही मेलिन्डाले पनि हुर्केको छोरो र उसकी आमाको गतिविधिबारे यसअघि कहिल्यै जानकारी लिएकी थिइनन्। अकस्मात छोराले सुझाव मागेको र आमाले राम्र्रैसँग कुनै लोकलाज कुरा बताउन थालेको देखेपछि उनलाई घिन लागेर आयो। तत्काल उनले पतिलाई झपारिन् र पारपाचुके चाहिएको भन्दै कोकोहोलो मच्चाउन थालिन्।

हरेक परिवारको छोराछोरीलाई व्यवहार गर्ने आफ्नो एक काइदा हुन्छ। अब सानै उमेरदेखि छोराका हरेक समस्या समाधान गरिदिने गरेकी यी सासूलाई बुहारीका अघिल्तिर के गर्ने वा नगर्ने भन्ने पनि थाहा थिएन। झन् बुहारी त अर्कै घरकी भइहालिन्। उनलाई पनि पतिको घरमा यति खुल्ला रुपमा यौनाङ्गका बारेमा छलफल चल्ला भन्ने कल्पेकी पनि थिइनन्।

कतिपय अवस्थामा भने आफ्नो निकटतालाई एउटा दुरीमा राख्नुपर्ने रहेछ भन्ने मेलिन्डाका पति र सासूले दुवैले चाल पाइहाले।

कतिपय अवस्थामा भने आफ्नो निकटतालाई एउटा दुरीमा राख्नुपर्ने रहेछ भन्ने मेलिन्डाका पति र सासूले दुवैले चाल पाइहाले। मेलिन्डाले पति र सासूलाई झपारेर मात्र चित्त बुझाइनन्। उनले एउटा वेबसाइटमा आफ्नी आमासँग निकट रहेका पति र तिनको उदात्त कुराकानीलाई कसरी लिने भन्ने सुझाव माग्न थालिन्।

उनले लेखेकी थिइन्, ‘हिजै मात्र मैले मेरा पतिले उसकी आमासँग आफ्नो लिङ्ग देखाउँदै आफूलाई के भएको बताइदिन गुहार मागिरहेको देखेँ। अब यस्तो हुर्किसकेको व्यक्तिले पनि आमालाई आफ्नो ‘नुनु’ देखाउँदै सहयोग माग्न मिल्छ ? उसो भए मेरो काम के त ?’

‘नुनु’ देखाउने पति भने यतिबेला ३४ वर्षको रहेको उनले खुलाएकी छन्। ‘यत्रो हुर्केको मान्छेले उसकी आमासँग त्यस्तो व्यवहार गरेको मलाई चाहिँ बिल्कुलै मन परेन,’ उनले वेबसाइटमा लेखेकी छन्, ‘कतिपय गोप्य कुराका लागि एउटा उमेरसम्म आमाको सहयोग लिनु स्वाभाविक होला तर हुर्किसकेको र खासगरी बिहे गरिसकेको पुरुषले पनि त्यस्तो सहयोग माग्नु के उचित हुन्छ ? तपाईं आफैँ भन्नुस्त !’

वेबसाइटमा जवाफ दिनेहरुले पनि यसलाई उचित ठह-याएका छैनन्। ‘अँ, यो चैँ अत्ति भयो,’ एक जनाको जवाफ थियो, ‘यदि तपाईंकी सासू डाक्टर हुन् भने त केही छैन। त्यसो गर्नु उचितै होला।’

Leave A Comment