नाम चोर्ने साथीलाई किकआउट्

शनिबार, १४ असार २०७६, ११ : ४७ शुक्रवार
नाम चोर्ने साथीलाई किकआउट्

मोनिका र जेनी खुब मिल्ने साथी थिए। यिनको मिल्ती छिमेकलाई पनि आरिस लाग्ने किसिमको थियो। राचेलको सन्तान हुन लागेको थियो। नवजात शिशुको नाम के राख्ने होला भनेर छोरा वा छोरीका लागि सुहाउँदिला केही नाउँ मोनिकालाई सुनाइन्।

मोनिकाले पनि कुन राम्रो वा कुन नराम्रो भन्दै साथीलाई सहयोग गरिरहेकी थिइन्। तर मोनिकालाई राचेलले खोजेको नाम यति मन प-यो कि उनले आफ्नी छोरीको नाउँ राचेलले छनोट गरेका नामबाट नै राखिदिइन्। एम्मा उनको मन पर्ने नाउँ थियो।

मिल्ने साथीले नै आफ्नो मनप्रिय नाम चोरेको भन्दै पछि राचेलले रेडइट वेबसाइटमा पोख्नुसम्म तीतो पोखिन्। ‘त्यो एसहोलले मैले छानेको प्रिय नाउँबाटै छोरीको नाम जुराइछ,’ राचेलले मोनिकालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘हुन त एम्मा नाउँ एउटा कमन नाउँ हो। हरकोहीको नाम त्यो हुनसक्छ तर मैले मेरी छोरीको नाउँँ एम्मा जुराउनुको खास कारण छ। यो मेरी आमाको नाम पनि हो।

मेरी आमासँग म ज्यादै नजिकको अनुभव गर्छु। फेरि मोनिका यति चाँडै गर्भवती होली र छोरी नै जन्माउली भन्ने पनि लागेको थिएन। अकस्मात् छोरी जन्मिई भनेर मलाई खबर गरी र नाउँ एम्मा राखेको भनेर सुनाई। मलाई त भाउन्न भएर हाइहाल्यो।’

त्यसो त मोनिकालाई यो नाम चोरेको खण्डमा साथी रिसाउँछे भन्ने थाहा भइकन पनि राखेको पारिवारिक सूत्रबाट थाहा हुन आएको छ। ‘मैले उसलाई केही वर्षअघि भनेकी थिएँ, यो मेरी आमाको नाउँ हो र भविष्यकी छोरीको नाम यही राख्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘यो नाम मेरालागि बहुतै महत्वको छ भन्ने जान्दाजान्दै पनि उसले त्यस्तो गर्न मिल्छ त ?’

अहिले भने उनकी आमाको देहान्त भइसकेको छ र यो नाम उनको लागि महत्वको छ। यही नामका कारण एम्माले आफ्नी हजुरआमासँग गाँसिएको महसुस गर्न सक्थी भन्ने राचेलको धारणा हो।

‘केही दिनअघि मात्र फेसबुकमा यस्सो हेरेको त राचेलकी छोरी जन्मिएकी रहिछ र उसले मेरी प्यारी एम्मा भनेर सम्बोधन गरेकी रहिछ,’ उनले आक्रोश व्यक्त गर्दै लेखेकी छन्, ‘यस्ता पाजीको अनि के साथी भइरहनु ?’

यो घटनाले उनलाई बहुतै दुःखी बनाएको बताएकी छन्। यसरी अर्काको छोरीको नाउँ चोर्नु हुन्छ त ? तपाईं नै भन्नुस् त !
 

Leave A Comment