बिदा बढाउनुस्

शनिबार, १४ असार २०७६, १२ : ०२ शुक्रवार
बिदा बढाउनुस्

हामीमध्ये धेरैलाई अफिसमा काम गर्दा यति व्यस्त हुन मन लाग्छ कि खाजा खानका लागि रेस्टुराँसम्म पुग्नै गाह्रो हुन्छ। त्यसैले त जे पाइन्छ, ल्यायो, पोको पा-यो र अफिसमा थन्क्यायो। यसपछि भोक लाग्यो कि र्‍यापर खोलेर मुखमा कोच्दै काम गर्ने कतिपयको बानी हुन सक्छ।

हतारमा यसो गर्दै तपाईंको हाकिमले नाकको डाँडीमा खाजा टाँसिने गरी काम गरेको र असिनपसिन भएको देख्दा रमाइलो मान्दो हो तर तपाईंकै स्वास्थ्यका लागि भने यो खतरनाक साबित हुनसक्छ।

त्यसैले जानकारहरु भन्छन्, ‘अफिसमै खाजा खाने बानी सबैभन्दा अस्वस्थकर हो। यसलाई चाँडै त्याग्नुस्।’ कतिपय अफिसमा यस्तो अस्वस्थकर कार्यलाई प्रोत्साहित पनि गरिन्छ। अफिस पिकनिक नाम दिइने यस किसिमको व्यवहारले भने कसैलाई पनि फाइदा पु-याउँदैन।

हालैको पछिल्लो अध्ययनले बेलायतका कार्यालयहरुमा कामदारहरुले ३४ मिनेटसम्मको खाजा बिदा पाउने गरेका छन्। यो ३४ मिनेटको लन्च ब्रेकले कामदारको तनाव घटाउन भूमिका खेलिरहेको हुन्छ। हेर्दा जम्माजम्मी ३४ मिनेट हो। खासगरी कतिपय कार्यालयमा त त्यति पनि फुर्सद दिइँदैन। जम्माजम्मी २६ मिनेटसम्मको अधिकतम खाजा चिया बिदा हुने गर्छ। हरेक दिन २६ मिनेटभन्दा बढी खुकुलिने समय फुत्काउनु भनेको उति राम्रो कुरा नभएको शोधमा संलग्नहरु बताउँछन्। यो भनेको वर्षको ६,०३२ मिनेट हो। तपाईंले सित्तैमा यत्तिका मिनेट छूटमा पाउनु हुन्छ भने किन अफिसको डेस्कमा खाजा खाँदै आफैँलाई तनावग्रत बनाउने ?

Leave A Comment