रोमान्समा विन्डी

बुधबार, १८ असार २०७६, १२ : २१ शुक्रवार
रोमान्समा विन्डी

विन्डी विलियम्स अहिले मार्क टम्बलिनको प्रेममा छिन्। ५४ वर्षीया विन्डी आफ्नो योङ २७ वर्षीय प्रेमी मार्कसँग हालै न्युयोर्कको सडकमा देखिएकी थिइन्।

ब्ल्याक मिनी ड्रेसमा उनका टोन्ड फिगर निक्कै खुलेको थियो। उनले लगाएको ठूलो आकारको सन ग्लासले उनको सुन्दरता निखारेको थियो। विन्डी मार्कको बारेमा त्यत्ति धेरै बोल्न चाहदिनन्।

केही समय अगाडि उनले इन्स्टाग्राममा मार्कको तस्वीर राखेर आफ्नो सम्बन्ध खुलाएकी थिइन्। दुई महिनाअगाडि मात्रै केभिन हन्टरसँग उनको सम्बन्ध बिग्रिएको थियो।

Leave A Comment