पोर्सको विश्वास

बुधबार, १८ असार २०७६, ०१ : ०० शुक्रवार
पोर्सको विश्वास

केही दिन अगाडि अमेरिकी टेलिभिजन सुन्दरी पोर्स विलियम्सको हुनेवाला श्रीमान् डेनिस मेकिनलले उनलाई चिट गरेको समाचार बाहिरिएको थियो। तर यी दुवै अहिले जसरी सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका छन्, यसले यो हल्ला मात्रै हो भन्ने देखाएको छ।

उनी केही समय अगाडि लस एन्जलसमा देखिएकी थिइन् र निक्कै खुसी थिइन्। इन्गेजमेन्ट गरेर बसेका यी दुवै जना सार्वजनिक कार्यक्रममा निकै निकट देखिने गरेका छन्।

उनी डेनिसबारे आएको दाबीबारे आफू निकटहरुसँग छलफलसमेत गर्न रुचाउँदिनन्। उनले प्रेमी डेनिसलाई निक्कै विश्वास गर्दै आएकी छन्।
 

Leave A Comment