निक्की इज ब्याक

शुक्रबार, २० असार २०७६, ०१ : ४७ शुक्रवार
निक्की इज ब्याक

नयाँ नयाँ फण्डा र विवादका कारण सधै चर्चामा रहिरहने र्‍यापर हुन् निक्की मिनाज। सेक्सिलो बदनको प्रदर्शन त सामान्य भइहाल्यो, अफेयर्स, ब्रेकअप र झगडाका कारण उनी बारम्बार मिडियामा गसिप बनिरहन्छिन्।

तर उनलाई यस्ता गसिपले के छुन्थ्यो ? उनी आफ्नो बानी सुधार्ने पक्षमा देखिएकी छैनन्। यसपालि पनि उनी चर्चामै छिन् तर फरक विषयमा है ! अहिले चर्चाको कारण कुनै लफडा नभई उनको नयाँ म्युजिक भिडियो ‘मेगेट्रन’ मा उनको लुक्स हो।

इनक्रेडिबल आउटफिट र स्टिमी सिनका कारण उनको म्युजिक भिडियोलाई धेरैले रुचाएका छन्। म्युजिक भिडियोको उनको हट अवतार देखेर उनका फ्यानहरुले सामाजिक सञ्जालमा ‘निक्की इज ब्याक’ भन्दै खुसी व्यक्त गरिरहेका छन्। क्लिपमा तीन जना र्‍यापर क्यारेबियन समुन्द्रको नीलो पानीमा पार्टी मनाइरहेको देखाइएको छ।

Leave A Comment